गुल्मी । गुल्मीको मदाने गाउँपालिका ६ पुर्कोटदहमा नेपाल प्रहरीले "मास्क बैंक" स्थापना गरेको छ ।
शुक्रबार एक कार्यक्रमका बिच मदाने गाउँपालिका -६ स्थित पुर्कोटदह बजारमा बढ्दो कोरोनाको जोखिम न्यूनीकरण गर्नका लागि ईलाका प्रहरी कार्यालयको आयोजना र मदाने गाउँ पालिका, मदाने सामुदायिक स्वास्थ्य केन्द्र र मैत्री बहुउद्देश्यीय सहकारिको सहकार्यमा मदाने गाउँ पालिकाका प्रमुख दान बहादुर के.सि.को प्रमुख आथिथ्यतामा "हुनेले दिएर जाउ ,नहुनेले लिएर जाउ " भन्ने मुल भावनाका साथ मास्क बैंकको स्थापना गरिएको ईलाका प्रहरी कार्यलय पुर्कोटदहका प्रहरी प्रमुख निरिक्षक गाेपाल जंग रायमाझीले बताए ।
रायमाझीले काम परेकाे खण्डमा बाहिर हिड्दा मास्क लगाएर हिडे पनि काेराेनाबाट वच्न सक्ने सजिलो माध्यम भएकाले सबैले मास्क बैंकको भरपुर प्रयाेग गर्न प्रहरी निरिक्षक रायमाझीले सबैलाई अनुरोध समेत गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology