Logo

२०८३, आश्विन ९गते


images
images

पहिरो जादा बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

पहिरो जादा बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध

images
  • सेतोमसी सहकर्मी
  • पहिरो जादा बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध
    images
    images

    सुमन गाहा, पाल्पा । अविरल वर्षातसँगै  पहिरो जादा सिद्धार्थ राजमार्गमा यातायात अवरूद्ध भएको छ ।  पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ । यस्तै तिनाउँ गाउँपालिका २ र ३ को सिद्दबाबा क्षेत्रमा समेत पहिरो खस्दा सडक अवरूद्द भएको छ ।

    images
    images
    images

    सिद्धार्थ राजमार्गको गौडेपुल, पानीमिल, सिद्धबाबा लगायतका क्षेत्रमा लगातार पहिरो झरिरहेको छ । सडक डिभिजन बुटवल र पाल्पाको समन्वयमा सडक खुलाउने प्रयास जारी रहेको छ । 

    images
    images
    images

    डुम्रे खोलामा बहाव बढेको र माथिबाट खसेको पहिरोले राजमार्गको जगैबाट बगाएको छ । यही स्थानमा अघिल्लो वर्ष पहिरो खसेको खसेको थियो । मंगलबार दिउँसो खोला बढ्दै गएपछि तल्लो भागबाट कटान सुरु गरेको र माथिबाट पहिरो खसेपछि राजमार्ग नै बगाएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले जानकारी दिए । तीनदिन देखि परेको वर्षातका कारण समेत सडक खुलाउनको लागि समस्या भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।