Logo

२०८३, आश्विन २१गते


images
images

समीकरणमा फेरबदल भएपनि सरकारको नेतृत्व फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड

समीकरणमा फेरबदल भएपनि सरकारको नेतृत्व फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड

images
  • समीकरणमा फेरबदल भएपनि सरकारको नेतृत्व फेरिँदैन : प्रधानमन्त्री प्रचण्ड
    images
    images

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक समीकरणमा फेरबदल भएपनि सरकारको नेतृत्व भने नफेरिने बताएका छन् । वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने बताउँदै उनले यस्तो दाबी गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले राजनीतिक समीकरणमा फेरबदल आए पनि सरकारको नीतिमा परिवर्तन नभएको बताए ।

    images
    images
    images

    ‘यस बीचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर, सरकारको नेतृत्व र नीति फेरिँदैन । हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका छौं, सामाजिक न्याय, सुशासन र समृद्धि । त्यसमा हामी दृढ भएर अगाडि जान्छौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘मन्त्रीहरू फेरिनुहुन्छ । तर, सरकारको नीतिगत प्राथमिकता फेरिँदैन । त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस् ।’

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।