गुल्मी । गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पस तम्घासमा नेपाल विद्यार्थी संग(नेविसंघ ) ले आजा मनाेनयन दर्ता गरेको छ । नेपाली काङ्ग्रेस गुल्मीको पार्टी कार्यालय तम्घासमा काङ्ग्रेस जिल्ला सभापति खिलध्वज पन्थीले नेविसंघको तर्फबाट स्ववियु उम्मेदवार विद्यार्थीहरुलाइ फुल माला लगाएर क्याम्प तर्फ बिदाइ गरेका थिय ।
कार्यक्रममा सभापति पन्थीले नेविसंघकाे तर्फबाट स्ववियु निर्वाचनमा हाेमिएका उम्मेदवारलाई जिताउन पार्टि पङ्कतिका सम्पूर्ण नेतागण लाग्नुपर्ने बताएका छन ।
नेविसंघको तर्फबाट रेसुङ्गा बहुमुखी क्याम्पसमा पुनराम घिमिरे अध्यक्ष सुदिप खत्री सचिव यमुना सेन काेषाध्यक्ष त्यसैगरी अनिष पन्थी ,अनुप सुनार,किरण थापा,एलिसा पाण्डे र कमल कुवरको प्यानल रहेको नेपाल विद्यार्थी संग गुल्मिकि सचिव अधिवक्ता पार्वती कुवँरले बताइन । उनले नेविसंघकाे तर्फबाट स्ववियु उम्मेदवार जित नजिक रहेको जिकिर गरेकि छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology