Logo

२०८३, कार्तिक २५गते


images
images

स्ववियु निर्वाचन भागवण्डा, कुन संगठनलाई कुन क्याम्पस ?

स्ववियु निर्वाचन भागवण्डा, कुन संगठनलाई कुन क्याम्पस ?

images
  • स्ववियु निर्वाचन भागवण्डा, कुन संगठनलाई कुन क्याम्पस ?
    images

    काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूले स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि पार्टीको आकारअनुसार क्याम्पस भागवण्डा गरेका छन् । उपत्यकाका २२ आङ्गिक र ५ सामुदायिक क्याम्पसको भागवण्डा मिलेको हो ।

    images
    images
    images

    कांग्रेसको भ्रातृ संस्था नेविसंघ, माओवादीको अखिल क्रान्तिकारी र एकीकृत समाजवादीको अनेरास्ववियुबीच काठमाडौँका क्याम्पसहरूको बाँडफाँट भएकाे हाे । संसदमा कांग्रेसको ८९ सिट, माओवादीको ३२ सिट र एकीकृत समाजवादीको १० सिट छ । उनीहरूको साइजको आधारमा नेविसंघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले भागवण्डा गरेका छन् ।

    images
    images
    images

    नेविसंघको भागमा १६ वटा क्याम्पस परेको छ । उसले त्रिभुवन विश्वविद्यालय (त्रिवि), त्रिचन्द्र क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पाटन क्याम्पस, शंखरदेव क्याम्पस, पब्लिकयुथ क्याम्पस, पद्यमकन्या क्याम्पस, पशुपति क्याम्पस, विश्वभाषा क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस, ग्रामिण आदर्श क्याम्पस, जनप्रशासन क्याम्पस, आर्युवेद क्याम्पस, चिकित्सा शास्त्र क्याम्पस महाराजगञ्ज र नर्सिङ क्याम्पस महाराजगञ्ज लिने प्रारम्भिक समझदारी छ ।

    images
    images

    अखिल क्रान्तिकारीको भागमा ९ वटा क्याम्पस परेको छ । उसले अस्कल क्याम्पस, नेपाल ल क्याम्पस, पुलचोक क्याम्पस, थापाथली क्याम्पस, काठमाडौँ इन्जिनियरिङ क्याम्पस, सानोथिमी क्याम्पस, एनसीसी क्याम्पस, र ललितकला क्याम्पस पाउने छ ।

    अनेरास्ववियूलाई आरआर क्याम्पस, ताचाल क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पस र काठमाडौँ शिक्षा क्याम्पस गरी ४ वटा क्याम्पसको स्ववियु सभापति दिने सहमति भएको छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्ववियु निर्वाचन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।