Logo

२०८३, आश्विन ९गते


images
images

पाल्हिनन्दनमा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पाल्हिनन्दनमा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

images
  • पाल्हिनन्दनमा जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    images
    images

    रंजीत शर्मा, नवलपरासी । पाल्हीनन्दन गाउँपालिका वार्ड न २ हरपुरमा १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

    images
    images
    images

    शनिवारदेखि पाल्हीनन्दन गाउँपालिका वडा नम्बर २ हरपुरमास्थित हरपुर माध्यमिक विद्यालयको खेल मैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी ७ स्थानीय तहको सहभागिता रहेको छ ।

    images
    images
    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधी सभा सदस्य तथा पुर्व मन्त्री ध्रुव बहादुर प्रधानले सर्वाङ्गीण विकासको आधार स्तम्भ खेलकुद क्षेत्र भएको बताए। उनले परम्परागत शैलीमा चलेको खेलकुद क्षेत्रलाई राजनीतिक,आर्थिक र सामाजिक रुपमा समृद्ध बनाउन दरिलो इच्छाशक्तिको खाँचो रहेको धारणा व्यक्त गरे । यस्ता खेलकुद प्रतियोगीतामा सबै पालिका प्रमूखहरू सहभागी भई खेलाडीहरु हौसला प्रदान गर्नु पर्ने विभिन्न पालिका प्रमुखहरू उपस्थित न हुनुमा दुःख व्यक्त गरेका थिए। आफू यस क्षेत्रको विकासका लागि कुस्ती र कब्बडी खेलको लागि कबड हालको निर्माण गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। 

    तीनदिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल,कबड्डी, दौड,हाई जम्प,लङ जम्प लगायतका महिला र पुरुष गरी ३६ इभेन्टमा प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष वितमान कामू महरले जानकारी दिए।

    कार्यक्रममा जिल्ला समन्वय समिति नवलपरासीका प्रमूख भगवती यादव, पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष वैजु प्रसाद गुप्ता (दीपक ), उपाध्यक्ष फतिमा खातुन अन्सारी (सकिना), प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव,सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्याय,सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटा,वार्ड नं २ अध्यक्ष जगदिश गुप्ता,पत्रकार लगाएत विभिन्न व्यक्तिको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।