तिम्रो ढाट्ने बानीले, बोल्न बाध्य गरायो राम्रो थियो हाम्रो सम्बन्ध
पैसा सापटी दिएपछि बोलचाल हरायो, पैसा सापटी दिएपछि साथी हरायो ।
काठमाडौं । आफुलाइ लोक गीतका पारखी बताउने सिद्धार्थ भट्टको मुखमा यो साता एक गीत निकै झुन्डिएको बताए उनले भने `धेरै पछि आफ्नो जीवन संग मेल खाने गीत सुन्न पाइयो, आज भोलि यस्ता गीत निकै कम निर्माण हुन्छन्´ भट्ट मात्र हैन केही दिन देखी एक लोक गीतको निकै चर्चा चल्यो जुन गीत अधिकान्स जीवनसंग मेला खाने गरेको टिप्पणीहरु आए । पैसा सापटी दिँदा मानिसहरू कसरी समस्यामा पर्छन् भन्ने समसामयिक अवस्थालाई समेटेर तयार पारिएको गीत 'पैसा सापटी' सार्वजनिक भएको छ।
मानिसहरूले समस्या देखाएर लरक्कै पारेर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नजान्ने बेथिति बढी रहेको समसामयिक अवस्थालाई समेटेर गायक बद्री पंगेनीले पैसा सापटी नामको गीत बजारमा ल्याएका हुन्।
गायक पंगेनीको स्वर र निर्देशनमा गीत तथा भिडियो सार्वजनिक भएको छ। उनले बद्री पंगेनी युट्युव च्यान मार्फत गीत सार्वजनिक गरेका छन्। पछिल्लो समय पैसा सापटी माग्दा समस्या देखाएर धरधरी रुने तर तिर्न नजान्ने मानिसहरू गाउँ तथा बजारमा बढी रहेको समयमा बजारमा आएको गीतले समाजको यथार्थ चित्रण गरेको छ।
पछिल्लो समयमा ब्याजको लोभले तथा आफन्तको समस्या बुझेर विभिन्न वैंक तथा वित्तीय सस्थाबाट ऋण लिएर समेत सापटी दिँदा धेरै मानिसहरू जेलमा जान बाध्य समस्यालाई चित्रण गरेर गीत बजारमा ल्याएको जन गायक बद्री पंगेनीले बताए।
पैसा माग्दा आपती परेको देखाउने, छोराछोरीको दुःख देखाउने, पैसा नभएको चेक दिने, पैसाकै कारण आफन्त टाढा हुने, साथीभाई टाढा हुने, भएको सम्बन्ध पनि बिग्रने लगायतको यथार्थतालाई गीतमा समेटिएको छ।
भिडियो गीत:
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology