Logo

२०८३, आश्विन ९गते


images
images

मगर एकता दिवसमा तिनाउ गाउँपालिकाले दियो स्थानीय बिदा

मगर एकता दिवसमा तिनाउ गाउँपालिकाले दियो स्थानीय बिदा

images
  • मगर एकता दिवसमा तिनाउ गाउँपालिकाले दियो स्थानीय बिदा
    images
    images

    बुटवल । तिनाउ गाउँपालिकाले  फागुन १५ गते स्थानीय बिदा दिएको छ। मगर एकता दिवसको अवसरमा पालिकाले स्थानीय बिदा दिएको हो ।

    images
    images
    images

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठद्वारा जारी सूचनामा बाह्रौं गाउँसभाको निर्णयानुसार २०७९ साल फागुन १५ गते सोमबारका दिन "४१ औँ राष्ट्रिय मगर एकता दिवस" को अवसरमा बिदा दिएको जनाइएको छ । 

    images
    images
    images

    सूचनामा गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरु, शैक्षिक संस्थाहरु, स्वास्थ्य संस्थाहरु लगायत सम्पूर्ण संघ संस्थाहरु बन्द हुने जनाईएको छ । 

    images
    images
    images

    ६ वडामा विभाजन गरिएको तिनाउ गाँउ पालिका २०२ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको छ। २०७८ सालको जनगणना अनुसार ३९८८ घरधुरी, १९,२३८ जनसंख्या रहेको गाउँपालिकामा मगर जाति ७५ प्रतिशत, दलित जाति १२ प्रतिशत तथा वाहुन, क्षेत्री, नेवार, गुरुङ्ग, कुमाल, थकाली लगायतका अन्य जाति १३ प्रतिशत, र १ घरधुरी लोपोन्मुख पत्थरकट्टा(कुशवाडिया) जातिको बसोबास रहेको छ। 

    मगर स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने मगर समुदायको माग रहेको छ। मगर समुदायका मौलिक परम्परा र सांस्कृतिक सवालहरुमा विचार विमर्श, मगर समुदायका नयाँ र पुराना पुस्ताका विचमा सांस्कृतिक र मौलिक ज्ञानको सामूहीक आदानप्रदान तथा भेटघाट गर्ने दिन भएकोले यो अवसर एक नागरिकको हैसियतमा सबैले पाउनुपर्ने मगर अगुवाहरुको माग गर्दै आएका छन् । 

    तिनाउ गाउँपालिका। .png

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।