Logo

२०८३, आश्विन ९गते


images
images

विश्व फोटोग्राफी दिवस

तिनाउमा पर्यटकीय सम्भावना खोज्दै लुम्बिनीका फोटोग्राफर

तिनाउमा पर्यटकीय सम्भावना खोज्दै लुम्बिनीका फोटोग्राफर

images
  • तिनाउमा पर्यटकीय सम्भावना खोज्दै लुम्बिनीका फोटोग्राफर
    images
    images

    बुटवल । पाल्पाको तिनाउ गाउँपालिका भित्र भएका पर्यटकीय सम्भवनाहरुको खोजी र पहिचानसहित लुम्बिनीका फोटोग्राफरहरुले विश्व फोटोग्राफी दिवस मनाएका छन् । लुम्बिनी फोटो ग्राफर संघको आयोजनामा शनिबार पाल्पाको तिनाउ–३ स्थित सिद्धबाबा मन्दीरमा औपचारिक कार्यक्रम गरी भुत खोलादेखि बसन्तपुर डाँडासम्म ‘पर्यटन प्रवर्द्धनका लागि फोटोग्राफी यात्रा’ सम्पन्न भएको हो । 

    images
    images
    images

    यात्राका क्रममा तिनाउलाई पहिचान दिलाउन सक्ने तथा पर्यटकीय सम्भावना बोकेका विषय, बस्तुलाई उतार्न सक्नेगरी फोटो ग्राफीको प्रतिस्पर्धा समेत भएको छ । रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायत विभिन्न ठाउँबाट सहभागी ६५ जना फोटो ग्राफरहरुले तिनाउ चिनाउने फोटो प्रतियोगितामा सहभागी हुँदै पैदल यात्रा गरेका थिए । पाल्पाको सिद्धबाबा मन्दिर बिकास समितिको स्वागतसँगै पैदल यात्राको औपचारिक घोषण गरिएको थियो । 

    images
    images
    images

    पैदल यात्रा गर्दै बसन्तपुर डाँडामा पुगेका फोटोग्राफरहरुलाई स्वागत गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले तिनाउ चिनाउने कुनै पनि सकारात्मक कार्यमा गाउँपालिका सधै सहकार्य गर्न तयार रहेको बताए । पर्यटकीय सम्भावनाले भरिएको तिनाउमा प्रयाप्त प्रचारप्रसार तथा प्रयाप्त बजेको अभावमा पनि ओझेल परेको उनले गुनासो गरे । गाउँपालिकाको सीतिम साधन र स्रोतले ती स्थानहरुको बिकासमा लगानी प्रयाप्त नभएको उल्लेख गर्दै श्रेष्ठले संघ र प्रदेश सरकारको चासो कम भएको समेत गुनासो गरे । व्यक्ति र राजनीतिक पार्टीको प्रभावमा परेर बजेटको बाँटफाड तथा योजना छनोट गर्ने गरिएको आरोप लगाउँदै उनले विधि र प्रक्रिया अनुसार बिकास योजना अघि बढाउनु पर्नेमा जोड दिए । 

    images
    images
    images

    तिनाउमा प्रशस्तै पर्यटकीय र ऐतिहासिक थलो भएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले ती क्षेत्रहरुको विकासका लागि गाउँपालिका निजी क्षेत्रहरुसँग सहकार्य गर्न समेत तयार रहेको उल्लेख गरे । यसैगरी गाउँपालिकामा निजी क्षेत्रबाट हुने कुनै पनि ठूला लगानीका लागि आवश्यक सहजीकरण तथा संरक्षकत्वको भूमिकामा तयार रहेको उल्लेख गरे । बसन्तपुरलाई चिनाउने गरी सञ्चालनमा आएको लुम्बिनी केवलकार तथा छिट्टै नुवाकोटमा सञ्चालन हुन लागेको केवलकारले यहाँको पहिचानसहित पर्यटन विकामा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिने उल्लेख गरे । 

    कार्यक्रममा बोल्दै तिनाउ–३ का वडा अध्यक्ष चित्रबहादुर थापा, वडा सदस्य टंक बस्याल, लुम्बिनी केवल कारका प्रोजेक्ट ईन्जिनीयर शनि चौरसीयाले पैदल यात्रामा बसन्तपुरलाई छनोट गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी फोटोग्राफर महासंघका केन्द्रीय संयोजक महेन्द्रप्रसाद चापागाईले शब्द र वाक्यहरुले व्याख्या गर्न नसकेका लाखौं भाव र सन्देशलाई एउटा फोटोमा उतार्न सकिने बताउँदै तिनाउ पर्यटकीय सम्भवानाले बोकेको क्षेत्र भएकाले पनि छनोट गरिएको उल्लेख गरे । यहाँ लुकेर रहेका विषयवस्तुलाई फोटोको माध्यममा उतारेर विश्वसामु परिचत गराउन सक्यौं भने आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बन्न सक्ने उनले बताए । 

    कार्यक्रममा फोटो ग्राफर संघका संस्थापक अध्यक्ष निलकण्ठ भट्टराई, केन्द्रीय सदस्यहरु कमला तिवारी, माधव प्रसाद पन्थ, दिनेश अर्याल लगायतले बोल्दै यात्राले तिनाउको नयाँ ठाउँ बारे जान्ने अवसर समेत प्राप्त भएको उल्लेख गरे । लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष मनिस पन्थले तराईको सबैभन्दा नजिक र वातावरणीय हिसाबले विविधता रहेको तिनाउमा धेरै विषयवस्तु भेट्न सकिने भएकाले पैदलयात्रा र फोटो प्रतियोगितामा भुतखोला–बसन्तपुर यात्रालाई छनोट गरिएको उल्लेख गरे । महासचिव माधव प्रसाद पन्तको सञ्चानमा भएको कार्यक्रममा फोटो प्रतियोगिताका संयोजक मोहन महतोले प्रतियोगितामा सहभागीहरु मध्येबाट उत्कृष्ट १० जनोट गरी विजेता घोषणा गरिने बताएका छन् । एक सतामा प्रतियोगिहरुबाट फोटो संकलन गरी उत्कृष्टहरुको छनोट गर्ने र त्यसमध्येबाट प्रथम, द्वितीय, तृतीय छनोट गरी पुस्कार वितरण गरिने उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।