Logo

२०८३, आश्विन ९गते


images
images

४१औँ मगर एकता दिवस मनाईंदै, फाल्गुन १५ गते स्थानीय विदा दिन देवदह मगर संघको माग

४१औँ मगर एकता दिवस मनाईंदै, फाल्गुन १५ गते स्थानीय विदा दिन देवदह मगर संघको माग

images
  • ४१औँ मगर एकता दिवस मनाईंदै, फाल्गुन १५ गते स्थानीय विदा दिन देवदह मगर संघको माग
    images
    images

    देवदह । नेपाल मगर संघ देवदहले मगर एकता दिवस मनाउने भएको छ। शुक्रबार देवदहमा पत्रकार सम्मेलन गर्दै मगर संघ देवदह नगर समितिले फाल्गुन १५ गते विविध कार्यक्रम गरि ४१औँ मगर दिवस मनाउने जानकारी दिएको हो । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै संघका नगर अध्यक्ष शोभा कुमारी थापाले मगर संघ मगरहरुको साझा सामाजिक संस्था भएको र मगरहरुलाई एकतावद्ध गर्दै भाषा, संस्कार, संस्कृति संरक्षण र सम्वर्द्धन गर्दै आइरहेको बताइन्। "मगर संघ मगरहरुलाई गोलबन्द गर्दै मगरहरुको जातीय पहिचान स्थापित गर्ने अधिकारको लागि आवाज उठाउदै आईरहेको छ" उनले भनिन्, "हरेक बर्षको फागुन १५ गते मगर एकता दिवस मनाउदै आएको र यस बर्ष ४१औ मगर एकता दिवस विभिन्न कार्यक्रम गरी मनाउन गईरहेका छौ।"

    images
    images
    images

    पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले नेपालको हरेक आन्दोलनमा मगरहरुको ठूलो योगदान रहेको नेपाल मगर संघले विगत लामो समयदेखि फागुन १५ गते विदा दिन माग गरेपनि सरकारले बेवास्ता गर्दै आईरहेको बताइन्। मगर एकता दिवसमा सके राष्ट्रियस्तरमै सार्वजनिक विदा र नसके मगर बाहुल्य देवदह नगरपालिकाले स्थानीय विदा दिनुपर्ने माग गर्दै उनले नगरपालिकाले स्थानिय विदा नदिदा आफूहरूले संघ/संस्था र विद्यालयलाई विदा गरिदिनुपर्यो भनेर पत्र लेख्न बाध्य हुँदै आएको बताइन् । 

    images
    images
    images

    नेपाल मगर संघले मगरहरुको चेतना अभिवृद्धि गर्ने गरी विभिन्न कार्यक्रम गर्दै आएको र पछिल्लो केही समयदेखि मगरहरुको सांस्कृतिक संरक्षण सम्बर्द्धनसंगै विभिन्न चेतनामुलक कार्यक्रम गर्दै आइरहेको उल्लेख गर्दै  अध्यक्ष थापाले मगर संघ देवदहलाई स्थानिय सरकारबाट अपेक्षित सहयोग प्राप्त नभएको गुनासो गरिन् । 

    मगर संघले एकता दिवसको अवसरमा फागुन १२ गतेदेखि खुला 'बि' लेवलको पुरुष भलिवल प्रतियोगिता गर्ने जनाएको छ। जसमा २० टिम सहभागी हुने र प्रथम हुने टिमलाई ३३ हजार नगदसहित शिल्ड र मेडल, द्धितिय हुनेलाई २२ हजार नगद, शिल्ड, मेडल, तृतीय हुनेलाई  १२ हजार नगदसहित, शिल्ड, मेडल र सान्त्वना हुनेलाई ५ हजार नगद सहित प्रमाणपत्र प्रदान गर्ने संघले जनाएको छ। खेल देवदहको पानबारी खेलमैदानमा हुनेछ। 

    त्यसैगरि फाल्गुन  १५ गते विहान ८ बजेदेखि पानवारी खेलमैदानमा रक्तदान कार्यक्रम आयोजना गरेको मगर संघले राष्ट्रिय कलाकारहरुको प्रस्तुतीसंगै सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ। सांस्कृतिक कार्यक्रममा बिमला घर्तीमगर, पवन राना मगर र डान्सर आरुषी मगर लगातका कलाकारको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । सोहि दिन मगर संघको विभिन्न कार्यक्रममा विशेष योगदान गर्नुहुने मगर अग्रहजहरुलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गरिएको छ। 

    मगर संघ देवदहले आयोजना गर्ने मगर एकता दिवस २०७९ को मूल कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री माननीय छविलाल विश्वकर्माको प्रमुख आतिथ्यता रहने संघले जनाएको छ। 

    पत्रकार सम्मेलनमा अध्यक्ष थापासंगै संघका नगर सचिव मन बहादुर राना मगर, कोषाध्यक्ष मिलन मास्की मगर, सदस्य किसन थापा मगर लगायतको उपस्थिति रहेको थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मगर एकता दिवस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।