Logo

२०८३, श्रावण २७गते


images
images

लघुवित्त पीडितको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यवद्धता

लघुवित्त पीडितको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यवद्धता

images
  • लघुवित्त पीडितको आन्दोलनमा माओवादी केन्द्रको ऐक्यवद्धता
    images
    images

    बुटवल । लघुवित्त संस्थाबाट कर्जा लिएर चर्को ब्याजदरले पीडित भएकाहरुको आन्दोलनमा सत्तारुढ नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीले ऐक्यवद्धता जनाएको छ । प्रदेश समन्वय समिति लुम्बिनीको बैठकले लघुवित्त पीडितहरुको आन्दोलनमा ऐक्यवद्धता जनाई समस्या समाधानको पहल गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    हालैका दिनहरुमा प्रदेशभर लघुवित्त संस्थाहरुबाट हजारांै नागरिक पीडित भई त्यस विरुद्धमा संघर्ष गर्दै आएकाले पीडितहरुप्रति ऐक्यवद्धता जाहेर गर्ने निर्णय गरेका छौं’ माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले भने, ‘यसको तत्काल उचित समाधानको लागि सरकारसँग पहल गर्नेछौं ।’

    images
    images
    images

    विभिन्न सरकारी निकाय तथा अन्य स्थानमा भएका भ्रष्टाचार, ढिलासुस्ती, विकृती विसंगती विरुद्ध वाईसीएल, विद्यार्थी, पत्रकार संगठन र जनसमुदायसँग सहकार्य गर्दै वैधानिक रुपमा प्रतिवाद गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।

    images
    images
    images

    यस्तै प्रदेशका कतिपय जिल्लामा सहकारी संस्थाहरुबाट जनता पीडित भएको, संस्थामा अनियमितता भएका कारण सर्वसाधारण जनताको निक्षेप जोखिममा रहेकाले सम्वन्धित निकायलाई नियमन र व्यवस्थापन गर्न माओवादी केन्द्रले माग गरेको छ ।

    कपिलवस्तु, नवलपरासीलगायतका जिल्लाका उखु किसानहरुले प्राप्त गर्नुपर्ने रकम लामो समयदेखि प्राप्त गर्न नसकेको गुनासो आएकाले भुक्तानी गर्न पार्टीले चिनी मिलहरुसँग माग पनि गरेको छ । यस्तै बढ्दो महँगी नियन्त्रण गर्न, मल, बिउ यथासमयमा उपलब्ध गराउन पहल गर्ने निर्णय पनि भएको अध्यक्ष बरालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।