Logo

२०८३, श्रावण २७गते


images
images

स्थगित जनजागरण अभियान

माओवादी केन्द्रको जनजागरण अभियान स्थगित : बोलाईयो पूर्ण पदाधिकारी बैठक

माओवादी केन्द्रको जनजागरण अभियान स्थगित : बोलाईयो पूर्ण पदाधिकारी बैठक

images
  • माओवादी केन्द्रको जनजागरण अभियान स्थगित : बोलाईयो पूर्ण पदाधिकारी बैठक
    images
    images

    काठमाडौँ । काठमाडौंसहित देशका विभिन्न स्थानमा जेन–जी पुस्ताको प्रदर्शन र देशको समसामयिक अवस्थालाई मध्यनजर गर्दै नेकपा (माओवादी केन्द्र) का उपलब्ध पदाधिकारीहरूको आकस्मिक बैठक भिमसेन थापा गाउँपालिका–३, टारिफाटमा बसेको छ ।

    images
    images
    images

    बैठकले जारी जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियान स्थगित गर्दै भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ । बैठकले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको उल्लेख गर्दै, प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    images
    images
    images

    त्यसैगरी, जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न तथा स्थिति थप बिग्रिन नदिन जिम्मेवारीपूर्वक ठोस कदम चाल्न सरकारसमक्ष माग गरेको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी केन्द्र
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।