Logo

२०८३, श्रावण २७गते


images
images

आगलागीबाट ज्यान गुमाएकी संगिताको परिवारलाई २ लाख ४० हजार आर्थिक सहयोग

आगलागीबाट ज्यान गुमाएकी संगिताको परिवारलाई २ लाख ४० हजार आर्थिक सहयोग

images
  • सेतोमसी सहकर्मी
  • आगलागीबाट ज्यान गुमाएकी संगिताको परिवारलाई २ लाख ४० हजार आर्थिक सहयोग
    images
    images

    सुर्य सुनार,चैत २४, गुल्मी । गुल्मीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले धुर्कोट गाउँपालिका वडा नम्बर ७ वाग्लामा गएर आर्थिक राहत प्रदान गर्नुभएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ७ मा जिल्ला विपत्त व्यवस्थापन कोष मार्फत आगलागिबाट निधन भएकी संगिताको घरमै पुगेर २ लाख रुपियाँ आर्थिक सहयोग गरिएको हो ।

    images
    images
    images

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मृत्यृ हुने संगिता परियार प्रति श्रद्धान्जली व्यक्त गदै शोकाकुल परिवारजन प्रति समवेदना व्यक्त गर्नुभएको छ । जिल्ला विपत्त व्यवस्थापन कोषबाट आर्थिक सहयोग प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले  बताउनुभयो ।

    images
    images
    images

    उहाँले बस्ती उच्च जोखिम क्षेत्रमा रहेको हुदाँ सचेत भई बस्न उहाले आग्रह गर्नु भयो । प्रदेश सरकारसंग आफूले आवश्यक सहयोगबारे कुरा गर्ने उहाले बताउनुभयो ।

    images
    images
    images

    धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले स्थानीय सरकारको विपत्त व्यवस्थापन कोषबाट ४० हजार आर्थिक रकम सहयोग गर्नुभयो । अध्यक्ष पोख्रेलले सहयोग रकम प्रदान गदै बालबालिकाको शिक्षा क्षेत्रमा रकम खर्च गर्न आग्रह गर्नुभयो । बस्ती उच्च जोखिममा रहेको हुदाँ गाउँपालिकाले आवासको व्यवस्था गर्ने गाउँपालिका अध्यक्ष  पोखरेलले प्रतिवद्धता व्यक्त गर्नुभयो । थोरै भए पनि रकमलाई सही क्षेत्रमा खर्च गर्न उहाँले आग्रह गर्नुभयो । विपत्तमा सरकार घरमै आन्छ भने कुरा पुष्टी भएको पोख्रेलले बताउनुभयो ।

    परियारको  घर नजिकैको खोलामा नुहाएर फर्किने क्रममा धाराखोली सामुदायिक बनमा लागेको आगोमा जलेर मृत्यु भएको थियो ।  

    कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्री, जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी पुरुषोत्तम प्रसाद पाण्डे, वडाध्यक्ष, पत्रकार तथा समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।