Logo

२०८३, श्रावण २७गते


images
images

रेसुङ्गा क्याम्पसको ४० औं वार्षिकोत्सव तथा ३८ औं क्याम्पस सभा  सम्पन्न

रेसुङ्गा क्याम्पसको ४० औं वार्षिकोत्सव तथा ३८ औं क्याम्पस सभा  सम्पन्न

images
  • रेसुङ्गा क्याम्पसको ४० औं वार्षिकोत्सव तथा ३८ औं क्याम्पस सभा  सम्पन्न
    images
    images

    अनिष पन्थी,गुल्मी ।  जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस तम्घास गुल्मीले ४० औं वार्षिकोत्सव तथा ३८ औं क्याम्पस सभा भव्यताका साथ सम्पन्न गरेको छ । 

    images
    images
    images

    वार्षिकोत्सवको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका थिए । वार्षिकोत्सवका अवसरमा क्याम्पसको बार्षिक मुखपत्र विद्या पत्रिकाको नगरप्रमुख पन्थीले विमोचन समेत गरेका थिए।

    images
    images
    images
    FB_IMG_1676647785813.jpg

    सोही  अवसरमा नगरप्रमुख पन्थीले आजका लागि आवश्यक जनशक्ति रेसुङ्गा क्याम्पसले उत्पादन गरी ठुलो योगदान गरेको बताए।
     तर पछिल्लो पटकको क्याम्पसको अवस्था हेरेर आफुहरु चिन्तित भएको बताउदै  आफुहरुले नगरपालिकाको अहिलेको नीति तथा कार्यक्रममा रेसुंगा क्याम्पसलाई प्रमुख प्राथमिकतामा राखेको उल्लेख गरे ।

    images
    images
    images
    IMG_20230217_170257.jpg

    क्याम्पसलाई आर्थिक संकटबाट माथि उठाउनका लागि पहिलो किस्तामा ५० लाख हस्तान्तरण गरेको बताउदै  नगरप्रमुख पन्थीले बाँकी ५० लाख हस्तान्तरणका लागि आफुहरु तयारी अवस्थामा रहेको उल्लेख गरे। रेसुंगा क्याम्पसलाई कदापी ढल्न  नदिने दाबी समेत गरे।

    FB_IMG_1676647789516.jpg

     सोही अवसरमा क्याम्पसका जेष्ठ सभासद इन्जिनर हिरा बहादुर भलामीलाई सम्मान गरिएको थियो । क्याम्पस प्रमुख हरि बहादुर खत्रीद्वारा बार्षिक प्रतिवेदन प्रस्तुत भएको कार्यक्रममा विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृत्ती प्रदान गरिएको थियो । बार्षिकोत्वसको अवसरमा आयोजित खेलहरुको पुरस्कार वितरण गरिएको थियो ।

    FB_IMG_1676646534320.jpg


    क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीको प्रमुख आतिथयता, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, तथा सुरक्षा निकायका प्रमुखहरु, निवर्तमान क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरु, वडाअध्यक्षहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन क्याम्पसका सहायक क्याम्पस प्रमुख गुणानिधि शर्माले गरेका थिए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।