Logo

२०८३, श्रावण २७गते


images
images

बडागाउँ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

बडागाउँ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

images
  • सेतोमसी सहकर्मी
  • बडागाउँ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
    images
    images

    सूर्य सुनार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ३ मा रहेको बडागाउँ स्वास्थ चौकिलाइ गैरआवसीय नेपाली संघ (एन.आर.एन) बेल्जियमले एक थान अक्सिजन कन्सन्ट्रेटर शुक्रबार हस्तान्तरण गरेको छ । 

    images
    images
    images

    गैरआवासीय नेपाली संघ बेल्जियमका सदस्य कुल बहादुर कार्कीको  पहलमा प्राप्त भएको अक्सिजन कन्सन्ट्रेटर परिवार तथा संस्थाको प्रतिनिधित्व गर्दै मुसिकोट नगरपालिका वडा नं. ४ निवासी ओम बहादुर कार्की लगाएको रोहबरमा बडागाउ स्वास्थ्य चौकिका अध्यक्ष तथा मुसिकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष कर्ण बहादुर जिसिलाई अस्पताल परिसरमा बितरण गरिएको हो । 

    images
    images
    images

    जिसिले उक्त अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने गैरआवसीय नेपाली संघ बेल्जियम तथा पहल गरि यहाँसम्म ल्याईपुर्याउन सहयोग गर्ने सम्पूर्णलाई स्वास्थ्य चौकी परिवार तथा वडाको तर्फबाट धन्यवाद दिदै उत्त उपकरणको सहि सदुपयोग गर्ने बताए । 

    images
    images
    images

    हाल महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट बच्न तथा रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउने उदेश्यले  
    अक्सिजन कन्सन्ट्रेटर सहयोग भएको सहयोगी अभियान्ता हिमाल कार्कीले बताए ।  

    स्वास्थ चौकी प्रमुख मनोज श्रेष्ठले भने अब अक्सिजनको मात्रा कमि भएका बिरामीको लागि उक्त उपकरण उपयोग गरिने बताए ।

    कार्यक्रममा स्वास्थ चौकीमा कार्यरत कर्मचारी, स्थानीय ब्यबसायी, समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा सथानीयको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन स्वास्थ चौकी सि. अ. हे. व भिम बहादुर कार्कीले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।