Logo

२०८३, श्रावण २७गते


images
images

सहयोग युनिट गठन गर्दै माओवादी केन्द्र देवदह नगर कार्यालयको बैठक सम्पन्न

सहयोग युनिट गठन गर्दै माओवादी केन्द्र देवदह नगर कार्यालयको बैठक सम्पन्न

images
  • सहयोग युनिट गठन गर्दै माओवादी केन्द्र देवदह नगर कार्यालयको बैठक सम्पन्न
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) देवदह नगरकमिटी कार्यालयको बिस्तारित बैठक सम्पन्न भएको छ ।  

    images
    images
    images

    पार्टीका जिल्ला सचिवालय सदस्य तथा रुपन्देही क्षेत्र नम्बर १ का सचीव गोविन्द पङ्गेनिको प्रमुख आथित्यता र नगर संयोजक केदार काफ्लेको अध्यक्षतामा सम्पन्न बैठकले महामारी नियन्त्रण र राहत वितरणका लागि सहयोगी युनिट गठन गरेको जनाएको छ । पार्टीका नगर संयोजक केदार काफ्लेको संयोजकत्वमा सहयोगी युनिट गठन गरेको पार्टीले जनाएको छ । जसको सदस्यहरुमा विन्दु लामिछाने, गणेश खाती, घनश्याम गिरी, चुरामनी भारति, धनबहादुर अधिकारि, मेघराज ढकाल, महेन्द्र पौडेल, राजकुमार क्षेत्रि, भबिलाल थापा र हरिद्वार यादब रहेका छन् ।

    images
    images
    images

    साथै देवदह नगरभित्रको गिट्टी बालुवा ठेक्काको मापदण्ड बिपरित दोहन र चोरी भएको ठहर गर्दै पार्टीले सरकारी पक्षकै मिलिभगतमा उक्त कार्य भइरहेकोले तुरुन्त बन्द गर्न सम्बद्द सबै पक्ष सङ्ग अनुरोध गरेको छ ।

    images
    images
    images

    बैठकमा जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर १ अन्तरगत प्रदेश १ समन्वय कमिटीका सचिव मोतिकाल ढकाल, क्षेत्रिय सदस्य बिष्णु गुरुङ, प्रचार बिभाग सदस्य दिपक न्यौपाने तथा  सदस्यहरु गणेश खाती, गोविन्द ठटराइ, धन बहादुर अधिकारी, मेघराज ढकाल, चुरामनी भारती, ज्योती तिवारी लगायतको उपस्थिति रहेको थियो ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।