Logo

२०८३, श्रावण २७गते


images
images

रामदेबको पतञ्जलीले उत्पादन गरेको कोरोनाको औषधि वितरणमा नेपालले रोक लगायो

रामदेबको पतञ्जलीले उत्पादन गरेको कोरोनाको औषधि वितरणमा नेपालले रोक लगायो

images
  • रामदेबको पतञ्जलीले उत्पादन गरेको कोरोनाको औषधि वितरणमा नेपालले रोक लगायो
    images
    images

    २८ जेठ काठमाडौ । पतञ्जलीले उत्पादन गरेको ‘कोरोनाको औषधि’ वितरणमा नेपालले रोक लगाएको छ । योगगुरु बाबा रामदेबको पतञ्जलीले  ‘उपहार’स्वरुप भन्दै नेपालमा १६ सय कोरोनिल किट पठाएको थियो । 

    images
    images
    images

    आयुर्वेद तथा वैकल्पिक औषधि विभागले पतञ्जलीको तर्फबाट पठाइएका ती कोरोनिल किट वितरणमा रोक लगाएको हो । किट प्राप्त भएपछि उक्त किटको जाँचको लागि आयुर्वेद विभागलाई अनुरोध भइआएकोमा यसको जाँच गरी यो आयुर्वेदिक औषधि भएको तर यसले कोरोना निको नै पार्छ भन्ने कुरा पुष्टि गर्न नसकिने विभागका विशेषज्ञले बताएका थिए । तर रामदेवले कोरोना निको पार्ने दाबी गरेका छन ।

    images
    images
    images

    कोरोनिल किटलाई आधिकारिक रुपमा प्रतिबन्ध लगाइएको भने होइन । पतञ्जलीले यो किट नेपाल पठाउँदा औषधि व्यवस्था विभागबाट समेत अनुमति लिएको थिएन । यसलाई आयात गर्दा प्रक्रिया नपुगेको र यसले कोरोना निको पार्छ नै भन्ने पर्याप्त प्रमाण नभएका कारण यसलाई तत्कालको लागि प्रयोगमा रोक लगाइएको विभागको भनाइ छ । 
    इन्डियन मेडिकल एसोसिएसनले यसको प्रभावकारिता पुष्टि गर्न आग्रह गरे पनि पतञ्जलीले यसको प्रभावकारिता अहिले सम्म पुष्टि गर्न सकेको छैन । उक्त औषधि कोरोनिललाई आइएमएले स्वीकृति समेत दिएको छैन ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।