Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा योजना तर्जुमा सम्बन्धि कार्यशाला सुरू, दिगो र प्रभावकारी विकासमा जोड

देवदहमा योजना तर्जुमा सम्बन्धि कार्यशाला सुरू, दिगो र प्रभावकारी विकासमा जोड

images
  • देवदहमा योजना तर्जुमा सम्बन्धि कार्यशाला सुरू, दिगो र प्रभावकारी विकासमा जोड
    images
    images

    देवदह । रुपन्देहीको देवदह नगरपालिकामा योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ। शनिबार देवदह नगरपालिकाले दिगो र प्रभावकारी विकासमा जोड दिदै स्थानीय तहको योजना तर्जुमा सम्बन्धि २ दिने कार्यशाला गोष्ठी सुरु गरेको हो ।

    images
    images
    images

    देवदह नगरपालिकाको आयोजना र स्कोलर नेपालको  प्राबिधिक सहयोगमा सम्पन्न गोष्ठीमा प्राविधिक सहयोग प्रदान गरिरहेको संस्थाले नगरपालिकाको समस्याको पहिचान, समाधानका उपाय र संभावनाको पहिचान र उपयोगका बारेमा जानकारी दिए । गोष्ठीमा समग्र विकास निर्माणमा स्थानीय तहको सरकारको महत्वपूर्ण भूमिका रहने भएकाले संभावना खोजेर योजना निर्माण गर्न आवश्यक रहेको सहभागीले जनाएको छ । गोष्ठीमा सहभागीहरुले योजना निर्माण गर्दा प्राथमिकरणका आधारमा योजना अगाडि सार्नुपर्नेमा जोड दिएका थिए। साथै विकास निर्माणको काम गर्नु भन्दा पहिला दीर्घकालिन सोच बनाउन आवश्यक रहेको औल्याएका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख ध्रुब प्रसाद खरेलले सम्वृद्ध देवदहको विकासका लागी सिंगो नगरपालिकाको टिम लागि परेको बताउदै नगरका ठुला गुरु योजनालाई प्राथमिकताको साथ राखेर काम गरिरहेको बताए । उनले नागरिकका लागी आधारभूत आश्यकता शिक्षा, स्वास्थ्य, खानेपानी लगायत बिकास निर्माणका कुनै पनि कार्यलाई द्रुतगतिमा अगाडी बढाई रहेको जानकारी दिए । नगरप्रमुख खरेलले सम्वृद्ध देवदह र सुखी नगरबासीको अवधारणालाई पूरा गर्न आफु प्रतिवद्ध रहेको बताए ।

    images
    images
    images

    देवदह नगरपालिकाका नगर प्रमुख ध्रुब प्रसाद खरेलको अध्यक्षतामा भएको सुरु भएको आवधिक योजना कार्यशाला गोष्ठीमा नगर–उपप्रमुख विद्या लक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, स्कोलर नेपाल प्रालिको संयोजक नरेन्द्र विक्रम केसी, नेपाल सरकारका पूर्व सह सचिब वसन्त गौतम तथा देवदह नगरपालिकाको विभिन्न शाखा प्रमुखको उपस्थिति रहेको थियो।

    कार्यक्रममा आबधिक योजनाका अवधी आगामी ५ बर्षमा संचालन गरिने कार्यक्रमको चयन तथा प्राथमिकिकरण र नगर गौरवका योजनाबारे समुहगत छलफल गराईएको थियो। कार्यक्रमको सहजीकरण प्राविधिक सहयोगी संस्थाका योजनाविद् जगनाथ अधिकारी, केशव कुमार आचार्य र भौतिक योजनाविद् विशाल ज्ञवालीले सहजीकरण गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।