Logo

२०८३, श्रावण २७गते


images
images

आज सहिद दिवस:गुल्मीमा पनि दिप प्रज्वलन गरि मनाइयो

आज सहिद दिवस:गुल्मीमा पनि दिप प्रज्वलन गरि मनाइयो

images
  • आज सहिद दिवस:गुल्मीमा पनि दिप प्रज्वलन गरि मनाइयो
    images
    images

    अनिष पन्थी,गुल्मी । आज सहिद दिवस ज्ञात अज्ञात  सहिदहरुको सम्झनामा गुल्मीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ।
    नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिती गुल्मी र नेपाल बिद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्यामपस गुल्मीको संयुक्त आयोजनामा सदरमुकाम तम्घासको सहिद चोकमा दिप प्रज्वलन र सहिद सम्सेर बहादुर खत्रीको सालिकमा माल्यापण गरि मनाइएको हो। 

    images
    images
    images

    दिप प्रज्वलन कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रमुख अतिथि भुवन प्रसाद श्रेष्ठले  यो महत्त्व दिवसलाई राष्ट्रिय दिवसको रुपमा  मनाउन पर्ने बताए। 
    तर राज्यको निमित्त योगदान दिने महान सहिदको सम्झना गर्न राज्य चुकेको श्रेष्ठले बताए ।

    images
    images
    images

    १९९७ सालको माघ १० गतेदेखि १६ गतेसम्म सम्म चार सहिदको राणा सासनले हत्या गरिपछि मुलुकमा प्रजातान्त्रिक आन्दोलनको लागि नेपाली जनता अगाडि बढेको श्रेष्ठले बताए।

    images
    images
    images

    देशमा जे जति परिवर्तन आएको छ त्यो सबै सहिदहरुको बलिदानले भएको बताउँदै यी सहिदको सम्झनामा दिवस मनाउन ठुला राजनीति दल नेपाली कांग्रेस ,नेकपा एमाले ,नेकपा माओवादि जस्ता ठुला  दल चुकेको बताए ।

    तम्घास स्थित सहिद सम्सेर बहादुर खत्रीको सालिकको थप व्यवस्थपन रेसुङा नगरपालिकाले गरेको मा उपसभापति श्रेष्ठले धन्यवाद समेत व्यक्त गरे ।

    कार्यक्रमम नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठको प्रमुख आतिथ्यता,रेसुङा नगरपालिकामा प्रमुख खिल्ध्वज पन्थीको विशेष आतिथ्यता,जिल्ला समन्वय प्रमुख द्रोण खत्रीको विशेष आतिथ्यता रहेको थियो।
    विभिन्न वडाका जनप्रतिनिधि,नेपाल बिद्यार्थी संघका प्रतिनिधि,महिला संघ गुल्मीका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो।
     
    नेपाल विद्यार्थी संघ गुल्मीका सभापति झबिन्द्र पाण्डेको अध्यक्षता सङ्गै सुरु भएको कार्यक्रमको संचालन नेपाल बिद्यार्थी संघ गुल्मीका सह-सचीव रोशन सिंह ठकुरीले गरेका थिए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।