Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो

गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो

images
  • गुल्मीमा आफ्नै घरमा महिलाको शव भेटियो
    images
    images

    गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामिकि एक महिलाको उनकै घरमा शव भेटिएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको र  घरलाई शिलबन्दी गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने बताए ।

    images
    images
    images


    शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । उनको घरको चेनगेट बन्द अवस्थामा छ । तालिम प्राप्त कुकुर नल्याएसम्म गेट नखोलिने प्रहरी प्रमुख रानाभाटले जानकारी दिए ।

    images
    images
    images

    शेरचन आज बिहान घरबाट बाहिर ननिस्किएपछि छिमेकीले सोधखोज गर्दा उनको शव हात र खुट्टा टेपले बाँधेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । शेरचनले विगत ४० वर्षदेखि गंगा होटल सञ्चालन गर्दै आएकी थिइन् । उनको शव चेनगेट नजिकै रहेको छिमेकीले बताएका छन् ।

    गंगादेवीकी आफन्त सुनील शेरचेनले घटना संकास्पद भएकाले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका छन् । उनी अविवाहित महिला हुन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।