चैत २३, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाकाे आयोजनामा निशुल्क रुपमा सञ्चालन भएको महिला राेग सम्बन्धि स्वास्थ शिविरमा पहिलाे दिन नै करिव १४० भन्दा धेरै महिलाले सेवा लिएका छन ।
मालिका २ च्यानडाँडा मा सञ्चालन भएको पहिलाे दिनकाे व्यापक उपस्थितिले गर्दा अन्य शिविरमा पनि उल्लेखनीय सेवाग्राहीकाे उपस्थिति हुने गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ६ का वडा अध्यक्ष शाेभाखर गिरिले बताए ।
महिलाहरुकाे निशुल्क रुपमा पाठेघरकाे मुख्काे क्यानसर भए नभएको समेत चेकजाँच हुने भएकाले धेरै महिलाहरुलाई सेवा लिनकाे लागि गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्तराज भुषालले आग्रह गरेका छन ।
गाउँपालिकाले आयोजना गरेको शिबिरमा समबन्धित बिरामीहरुले समयमा उपस्थित भइ र २४ गते मालिका ५ को छाप सामुदायिक स्वास्थ्य इकाई र पर्सि २५ गते मालिका ६ अर्जैको कुमालगाउँ सामुदायिक स्वास्थ्य इकाई अर्जैबेसिमा शिविर चल्ने भएकोले सेवा लिनका लागि गाउँपालिकाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology