Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मी तम्घासमा एक व्यक्ति मृत अवस्थामा फेला 

गुल्मी तम्घासमा एक व्यक्ति मृत अवस्थामा फेला 

images
  • गुल्मी तम्घासमा एक व्यक्ति मृत अवस्थामा फेला 
    images
    images

    गुल्मी । गुल्मीमा एक व्यक्ति  मृत अवस्थामा फेला परेका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वार्ड नम्बर २ तम्घासमा  मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।   

    images
    images
    images

    काठमाण्डौ टोखा नगरपालिका २ निवासी  ३५ बर्षिय मधु क्षेत्री बिहीवार आफू सुतेको कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रहरी प्रमुख   माधवराज खरेलले जानकारी दिए।

    images
    images
    images

    उनी रेसुंगा नगरपालिका– २ छापटोलास्थित विश्वास पुनको घरमा कोठा लिएर बस्दै आएका थिए । क्षेत्रीलाई साथीहरूले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

    images
    images
    images

    भित्रबाट चुकुल लगाएको र पटकपटक बोलाउँदा नबोलेपछि कोठाको झ्यालबाट भित्र हेर्दा बिस्तारासहितको खाटमा मृत अवस्थामा फेला परेका थिए। घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको  निमित्त प्रहरी प्रमुख खरेलले बताए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।