देवदह । रुपन्देहीको देवदहमा संचालित श्रीमद्भागवत तथा धन धान्याचल महायज्ञमा आज पत्रकार ऋषि धमला आउने भएका छन्। देवदह – ९ घोडाहास्थित कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला निर्माणका लागि आयोजित महायज्ञमा धमला आज देवदह आउने महायज्ञका संकल्पकर्ता तथा प्रमुख कथाबाचक बालव्यास श्रवण न्यौपानेले जानकारी दिए।
"देवदह आउनका लागि धमला ज्यूले टिकट लिईसक्नु सक्नुभएको छ, उहाँको आगमनबारे म ढुक्क हुन् विनम्र अनुरोध गर्दछु" संकल्पकर्ता न्यौपानेले सेतोमसीसंग भने, "प्रसाई ज्यू उहाँकै व्यक्तिगत कारणले हिजो अन्तिममा आएर कार्यक्रम स्थगित गर्नुभयो तर आज धमला ज्यू आउनुहुन्छ, त्यसमा आशंका नगरौ। "
महायज्ञ सचिवालयका पवन पौडेलले पनि धमला आउने कार्यक्रम तय भएको र आयोजकले प्लेन टिकटको व्यवस्था समेत मिलाईसकेको पुष्टि गरे।
शुक्रबार महायज्ञमा प्रसाई आउने बताईएको भए पनि अन्तिममा उनी नआएपछि महायज्ञमा पुगेका केहि स्थानियले आफूहरूलाई झुक्याइएको भन्दै गुनासो गरेका थिए।
७ दिनसम्म संचालन हुने महायज्ञमा प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपाने र आचार्य ओम प्रकाश सुवेदीबाट कथा प्रवचन भैरहेको छ । त्यस्तै दैनिक झाकी तथा बिभिन्न धार्मिक कार्यहरु समेत भैरहेको छ ।
महायज्ञ सुरु भएदेखि प्रत्येक दिन मण्डपपुजा, पाठ परायण, १ हजार ८ शालिग्राम भगवानको परिक्रमा संगै तिलार्पण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, झाँकी र दानवीर सम्मान, ४ बजेदेखि आरती र टिका प्रसाद वितरण, बेलुका ७ बजेदेखि १० बजेसम्म भजन किर्तन भैरहेको छ। साथै ’भक्तजन’को इच्छा अनुसार दैनिक ग्रह शान्ति, व्रतबन्ध, लक्षवर्ती लगायतका कार्यक्रम समेत भैरहेको संयोजक जिसीले जानकारी दिए ।
महायज्ञमा दाताहरूलाई बाजागाजा र खादा माला सहित दैनिक रूपमा सम्मान समेत गरिदै आएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology