काठमाडौं । नेपालमा सर्वाधिक ट्रोल हुने पात्रमध्येका एक हुन् पत्रकार ऋषि धमला । अन्तरवार्तामा उनको अस्वभाविक प्रस्तुति र हाउभाउका साथै अन्टसन्ट प्रश्नहरुका कारण उनी सँधै ट्रोलको शिकार बन्ने गर्छन् ।
धमलाका ट्रोलरहरुलाई अहिले नयाँ मसला मिलेको छ । श्रीमती एलिजा गौतमले यस्तो मसला दिएकी हुन् ।
उनले एउटा पार्टीमा गरेको 'उत्तेजक डान्स' अहिले टिकटकमा भाइरल छ । एलिजाको उक्त डान्सको क्लीप सेयर गर्दा सबैले निशाना चाहिँ ऋषि धमलालाई बनाएका छन् ।
भिडियोमा साडी चोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ । नाच्दानाच्दै धमलापत्नी अगाडि आउँछिन् 'फरक पाेज' मा चार हातखुट्टा टेकेर नृत्य प्रस्तुत गर्छिन् । ब्याकग्राउन्डमा कुनै हिन्दी गीतको म्युजिक बजिरहेको सुनिन्छ ।
छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन । एलिजा अहिले क्यानाडामा छिन् । सम्भवतै क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ । उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology