सुमन महतारा गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले आयोजना गरेको निशुल्क मुटु परिक्षण शिविरमा २९५ जनाले सेवा लिएका छन ।
गाउँपालिकाकाे वडा नम्बर २ काे पालुखा माविमा सञ्चालन भएको सिविरमा कार्डियाे लजिस्ट डा. सुमन्ता बञ्जाडेकाे टिमले सेवा उपलब्ध गराएको थियो ।
गाउँपालिकाले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्यलाई मध्यानजर गरि यसरी बिशेषज्ञ सेवा उपलब्ध गराएको प्रती आफू अत्यन्तै खुसि भएको सेवाग्राही ९३ बर्षिय तुल्सा देवि अधिकारिले बताइन ।
उनले गाउँपालिकाले अन्य राेगकाे लागि पनि बिशेषज्ञ सेवा उपलब्ध गराए आफू अत्यन्तै खुसि हुने बताइन । त्यस्तै अर्का सेवाग्राही ६८ बर्षिय लाल बहादुर कुवँरले यसरी गाउँमै बुटवल काठमाडौं बाट उपलब्ध हुने सेवा उपलब्ध गराएकाे प्रती गाउँपालिकालाइ धन्यवाद दिए ।
निशुल्क मुटु परिक्षणमा इकाे कार्डियाे ग्राफि (इसिजि) १३५ जना र अन्य ल्याव टेस्ट ७२ जनाले गरेको इस्मा गापा स्वास्थ्य साखा प्रमुख पदम अधिकारिले बताए ।
गाउँपालिका उपाध्यक्ष पार्वति कुवँरल गाउँपालिका निरन्तरता इस्मालि जनताको स्वास्थ्यका निमित्त लागि पर्ने बताएकि छन । उनले यश निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिएकि छन् ।
गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले इस्मालि जनताको स्वास्थ्य प्रती गाउँपालिका सधैं सकारात्मक र बिशेषज्ञ सेवालाई बिभिन्न समयमा यसरी निरन्तर दिने बताए ।गाउँपालिकाले दिर्घाराेगि र ६० बर्ष माथिका इस्मालि नागरिकलाई सेवा उपलब्ध गराएको हाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology