Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा महान कार्य

गुल्मी मदानेमा महामारीको मारमा परेका परिवारलाई राहत वितरण

गुल्मी मदानेमा महामारीको मारमा परेका परिवारलाई राहत वितरण

images
  • गुल्मी मदानेमा महामारीको मारमा परेका परिवारलाई राहत वितरण
    images
    images

    गुल्मी । महामारीको कारण जारी निषेधाज्ञाको कारण समस्यामा परेमा परिवारलाई गुल्मीमा राहत प्रदान गरिएको छ।  गुल्मीको मदाने गाँउपालीका वडा ६ पुर्कोट दहमा रहेका विभिन्न गरिब,असहाय तथा विपन्न घरपरिवारलाई पुर्कोट दह घर मै पुगेर राहत प्रदान गरिएको हो ।

    images
    images
    images

     विभिन्न कामको सिलसिलामा देशविदेशमा रहनुहुने  युवा दाजुभाईहरुको पहलमा रकम संकलन गरि तीन वटा प्याकेजमा राहत वितरण गरिएको  "परोपकारी मनहरु पुर्कोट दह" म्यासेन्जर ग्रुपका महेश कुँवर जनाएका छन् ।

    images
    images
    images

    पहिलो प्याकेजमा ४ जना भन्दा धेरै परिवार संख्या भएका १६ घरधुरीलाई प्रतिघर ५० किलो चामल, २-२ किलो तेल, नुन र दाल प्रदान गरिएको छ ।

    images
    images
    images

    त्यसैगरी, दोस्रो प्याकेजमा ४ जना भन्दा कम परिवार संख्या भएमा २२ घरधुरीमा प्रतीघर ३० किलो चामल, २-२ किलो तेल नुन र दाल प्रदान गरिएको छ भने तेस्रो प्याकेजमा ११ घरमा २५ किलोका दरले चामल, २-२ किलो तेल, नुन र दाल घरधुरिमा पुगी  आवश्यकता र परिवार सँख्याको आधारमा खाद्यान्न सामाग्रीहरू वितरण गरिएको ग्रुपले जनाएको छ ।

    यसरी ४९ घर परिवारलाई  "परोपकारी मनहरु पुर्कोट दह" म्यासेन्जर ग्रुप मार्फत राहत वितरण गरिएको र उक्त कार्य जारी रहेको जनाईएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।