देवदह । रुपन्देहीको देवदह नगरपालिका वार्ड न ४ सिङाहा मा रहेका जनजागरन युवा क्लबका युवाहरु कोभिड माहामारीमा पनि सामाजिक सेवा गर्दै कोरोना संक्रमितको घर घरमा पुगी रहेका छन ।
कोरोना संक्रमणले संक्रमीत भएकालाई आत्मबल बढाउदै तथा स्वास्थ सामाग्री र च्वन्प्रास सहित युवाहरुले अभियान चलाएका हुन । संक्रमितले आत्मबल बढाउन र स्वास्थ अबस्था बुज्नकै लागि युवा क्लबल सदस्य संक्रमितको घरमा पुगी रहेको क्लब का अध्यक्ष अजय चापागाईंले बताए ।
नगरभित्र को एक सामाजिक संस्था भएकाले यो महामारी आफ्नो दाइत्तो बोध गर्दै यो अभियान संचालन गरेको अभियानका संयोजक महेन्द्र थापाले बताए ।
उक्त अभियान क्लबका युवा गोपाल पाण्डे , बलराम पाण्डे , कविता न्यााैपाने लगायत को उपस्थिति रहेको थीयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology