अनिष पन्थी,गुल्मी । रेसुङ्गा विमानस्थल गुल्मीबाट डेमो उडान सफल भएको छ । आज बिहान ११:५० बजे काठमाडौंदेखि उडेको तारा एअर ९ एन-ए एल ओ जहाज रेसुंगा विमानस्थलमा अवतरण भएको हो।
जहाजमा गुल्मी क्षेत्र नम्बर १ का सांसद चन्द्र भण्डारी,नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, नेकपा एकीकृत समाजबादिकी केन्द्रिय सचीव रामकुमारी झांक्री ,रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी ,नागरिक उड्डयन प्राधिकरणका कर्मचारी लगायत सवार थिए।
लामोसमयको प्रतीक्षा पछि जहाज हेर्न विमानस्थलमा बिहान देखि नै गुल्मी बासीको ठूलो भीड लागेको थियो । धेरै बर्ष पछि गुल्मी बासिको सपना आज पूरा भएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology