Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाद्वारा मर्चवारमा न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण

रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाद्वारा मर्चवारमा न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण

images
  • रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाद्वारा मर्चवारमा न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण
    images
    images

    बुटवल । रुपन्देही सामाजिक संजाल अस्ट्रेलियाले रुपन्देहीको मर्चवारका बिपन्न, अनाथ, असाहय तथा सीमान्तकृत  समुदायका बालबालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गरेको छ । संजालले सनिवार अमुवामा एक कार्यक्रम गरि रायपुर बगौलि सिलौ िटयाका बालबालिकाहरुलाई सामाग्री  बितरण गरेको हो । 

    images
    images
    images

    लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया, वडा नम्बर २ का अध्यक्ष शसिदयाल चौधरी  वडा नम्बर  ४ का अध्यक्ष ओम प्रकाश  चौधरी वडा नम्बर  ७ का अध्यक्ष  गनेश चौधरीको रोहबरमा  संजालका अध्यक्ष  मुक्तिराम पोख्रेल संस्थाका सल्लाहकार  कमल प्रसाद भण्डारीले सामाग्री बितरण गरेका हुन ।

    images
    images
    images

    कार्यक्रममा प्रदेश सभा सदस्य कन्हैया बनियाँले  अस्ट्रेलियाबाट मर्चवारलाई माया गरेर आएकोकोमा धन्यवाद दिदै  यस्ले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।   सो क्रममा जिल्ला  समन्वय समिति रुपन्देहीका सदस्य राजमन प्रसाद हरिजन, बगौलि माबिका प्रधानाध्यापक चन्द्रमणि चौधरी , वडा अध्यक्ष गनेस चौधरी, र  ओम प्रकाश चौधरी, जनता मा.बि. ओडवलियाका शिक्षक सन्तराम गुप्ता, अमवा मा.बि.का शिक्षक रामप्रीत चौहान लगायतले संजालले सहयोग गरेकोमा धन्यवाद दिए । 

    images
    images
    images

    संजालका अध्यक्ष पोख्रेलले आफुले बिगतमा मर्चवारमा समाजिक क्षेत्रमा  काम गर्दाको सम्झना आएकोले केहि सहयोग गर्न पाउदा खुसी लागेको बताए  ।  यस्तो कार्यक्रमलाई निरन्तरता दिने उनको भनाई छ । 

    संजालले रुपन्देहीका १५० जना  बिपन्न, अनाथ, असाहय तथा सीमान्तकृत  समुदायका बालबालिकालाई न्यानो कपडा सहित शैक्षिक सामाग्री बितरण गर्न लागेको अध्यक्ष पोख्रेलले जानकारी दिए  । कार्यक्रमको संचालन कमलेश प्रसाद चौधरीले गरेका थिए।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।