Logo

२०८३, श्रावण २७गते


images
images

मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने 

मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने 

images
  • मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने 
    images
    images

    सुमन महतारा,गुल्मी । गुल्मीको मालिका गाउँपालिकाको प्रसिद्धस्थल लेखपोखरामा माघेसंक्रान्ति मेला लाग्ने भएको छ । 

    images
    images
    images

    मालिका गाउँपालिका–५ छापहिलेमा अवस्थित लेखपोखरामा माघेसंक्रान्ति मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक चन्द्र बहादुर महताराले जानकारी दिए।  

    images
    images
    images

    मङ्गलबार सदरमुकाम तम्घासमा पत्रकार भेटघाट गरि लेखपोखराको महत्व र ऐतिहासिकता उजारका लागि लेखपोखरा माघेसंक्रान्ति मेला गर्न आयोजना गरिएको संयोजक महतराले बताए ।
     लेखपोखरा माघेसंत्रान्ति मेला यहि पुष २९ गते देखि माघ १ गतेसम्म सञ्चालन हुनेछ । मेलामा कृषि प्रर्दशनी मेलासँगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समेत महतराले जानकारी दिए । 

    images
    images
    images

    यो क्षेत्रमा ऐतिहासिक लेकपोखरी, ऋषिकेश मन्दिर, मालिका मन्दिर, सिद्धको मन्दिर, उल्टे ओढार, घोडाको छाप तथा विभिन्न रमणीय स्थानहरु रहेका वडाअध्यक्ष रेखाकुमार जिसिले बताए। 

     प्राकृतिक तथा धार्मिक दुवै दृष्टिकोणले यो क्षेत्र प्रसिद्ध रहेको जिसिको भनाई रहेको छ । लेकपोखरा क्षेत्रमा मालिका मन्दिर रहेको छ । यहाँ छापहिले, अर्जे तथा अमरपुर समेतबाट देवी मालिकाको पुजाआजा गर्न मानिसहरु आउने गरेका छन् । 
    यो मन्दिरमा नागको ठुलो शक्ति रहेको जनविश्वास रहेको छ । मालिका मन्दिरको पुर्ननिर्माणको क्रममा धार्मिक तथा बौद्धिक व्यक्तिहरुसँग छलफल गरिएको थियो । 

    सोही क्रममा वाचन सम्राट पण्डित भिमकान्त पन्थीले यस मन्दिरमा नागको समेत ठुलो शक्ति छ भनी बताए।
     पूरानो मन्दिर भत्काउने क्रममा मन्दिरभित्र नै नाग भेटिएको अध्यक्ष जिसिले जानकारी दिए । “यो परिदृश्यले समेत यो मन्दिरको धार्मिक विश्वास र मान्यता अझ बढ्दै गएको छ ।” अध्यक्ष जिसिले भने–“यो मन्दिर छेउवाट घोडाको छाप समेत देख्न सकिन्छ ।” 


    लेखपोखरामै अवस्थित तिखेचुलीको डाँडामा सिद्धको मन्दिर रहेको छ । यस मन्दिरमा भाकल गरी मागेको वर पूरा हुने जनविश्वास रहेको छ । 
    नागपञ्चमी र ज्येष्ठ शुक्ल पञ्चमीका दिन यस मन्दिरमा पूजाआजा हुने गर्दछ । यस्तै सिद्धकापाती मन्दिरमा पनि सोही दिन पूजाआजा हुने गर्दछ । तीन दिनसम्म सञ्चालन हुने माघेसंक्रान्ति मेलामा राष्ट्रिय कलाकार बमबहादुर कार्की, शिला आले, विक्रम परियार लगायतका कलाकार समेत आउँदैछन् । 

    संस्कृतिक कार्यक्रमसंगै कृषि उत्पादन प्रदर्शनी तथा उत्कृष्ट कृषक सम्मान, पञ्चेबाजा प्रदर्शनी, भजन प्रस्तुती, खुला भलिवल प्रतियोगिता लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महसंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, पूर्व अध्यक्ष जनार्दन घिमिरे लगायतका जिल्लास्थित विभिन्न सञ्चार माध्यममा संक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।