Logo

२०८३, श्रावण २७गते


images
images

रेसुङा नगरपालिकाद्वारा रेसुङ्गा क्यामपसलाइ आर्थिक सहयोग 

रेसुङा नगरपालिकाद्वारा रेसुङ्गा क्यामपसलाइ आर्थिक सहयोग 

images
  • रेसुङा नगरपालिकाद्वारा रेसुङ्गा क्यामपसलाइ आर्थिक सहयोग 
    images
    images

    अनिष पन्थी,गुल्मी । गुल्मीको शैक्षिक धरोहरका रुपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसलाई रेसुङ्गा नगरपालिकाले  ५० लाख आर्थिक सहयोग गरेको छ । 

    images
    images
    images

    नगरप्रमुख खिलध्वज पन्थीले आज नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच रेसुङ्गा बहुमुखी क्याम्पस  संचालक समितिका अध्यक्ष  श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तान्तरण गरेका हुन।

    images
    images
    images

    चेक हस्तान्तरण गर्दै नगरप्रमुख पन्थीले गुल्मी जिल्लाको   शैक्षिक धरोहरका रुपमा रहेको  यस क्याम्पस  धेरै बिद्यार्थीको भबिष्यसँग जोडिएको बताए ।

    images
    images
    images

    क्याम्पस संचालक समितिले यस क्याम्पसमा आर्थिक संकटकाल घोषणा गरेको समयमा नगरपालिकाले एक करोड दिने घोषणा गरेको थियो।
    क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय अनुसार क्याम्पसलाई  सहयोग गरिएको नगरप्रमुख पन्थीले बताए । 

     क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट जोगाउनका लागि नगरपालिकाले आगामी दिनमा पनि सहयोग गर्ने नगरपालिकाका प्रमुख पन्थीको भनाइ छ ।  नगरपालिकाले बाकी रहेको ५० लाख सहयोग छिटै दिने नगरप्रमुख पन्थीले बताए ।
     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।