लोक प्रसाद छन्त्याल, गुल्मी । गुल्मी मुसिकोट नगरपालिकाको वामी टक्सारमा रहेको ग्लोबल आइ,एम ई बैंक वामी शाखाले आफ्नो १६औ बार्षिकोत्सव मनाएको छ । सोमबार एक कार्यक्रमबीच मुसिकोट नगरपालिकाका नगर प्रमुख जिवलाल खरेलले केक काटेर बार्षिकोत्सवको शुभकामना दिए ।
शुभकामना दिदै नगर प्रमुख खरेलले ग्लोबल बैंकले बैंकिंङ्ग क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे ।
बैंकका शाखा प्रमुख बिष्णु कुँवरले यहि पुस २५ गतेदेखि २८ बर्ष पुरानो बैंक अफ काठमाडौ सहित विभिन्न २० वटा बैंक मर्च भएर ग्लोबल बैंकको नामबाट नै सन्चालन हुने जानकारी दिएका थिए ।
कार्यक्रममा मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा, बैंकका सेयरधनिहरु, विभिन्न संघ सस्थाका प्रमुख एवं प्रतिनिधि ,व्यापारी लगाएको उपस्थित रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology