Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्ड प्रधानमन्त्री भएपछि चीनले खोल्यो साढे दुई वर्षदेखि बन्द रसुवागढी नाका

प्रचण्ड प्रधानमन्त्री भएपछि चीनले खोल्यो साढे दुई वर्षदेखि बन्द रसुवागढी नाका

images
  • सेतोमसी सहकर्मी
  • प्रचण्ड प्रधानमन्त्री भएपछि चीनले खोल्यो साढे दुई वर्षदेखि बन्द रसुवागढी नाका
    images
    images

    काठमाडौँ । चीनले करिब साढे दुई वर्षे ‘अघोषित नाकाबन्दी’ तोड्दै नेपालतर्फको नाका खुला गरेको छ। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको दोस्रो दिन मंगलबारदेखि चीनसँगको रसुवागढी नाकाबाट सामान निर्यात सुरु भएको हो।

    images
    images
    images

    कोभिड–१९ सुरु भएपछि ३० महिनाअघि चीनले आयातनिर्यातमा रोक लगाएको थियो। कोभिड घटेपछि आयात खुकुलो पारे पनि निर्यात भने ठप्प थियो। विगतमा कोभिडको कारण देखाउँदै निर्यात रोकेको चीनले अहिले त्यहाँ कोभिड संक्रमण बढिरहँदा निर्यातका लागि नाका खुला गरेको छ। जब कि कोभिड सुरु भएयता चीनमा संक्रमण दर अहिलेसम्मकै उच्च छ।

    images
    images
    images

    सरकारी अधिकारीले दाहाल प्रधानमन्त्री भएपछि निर्यात सुरु हुनुलाई संयोग माने पनि कूटनीतिक क्षेत्रका केही जानकारले भने यसलाई अर्थपूर्ण रूपमा लिएका छन्। ‘चीन नेपालमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनोस् भन्ने चाहन्थ्यो,’ एक कूटनीतिज्ञले भने, ‘सुखद सन्देश दिन सामान निर्यात गर्न अनुमति दिएको हुनसक्छ।’ व्यापारीले चीनले आयात–निर्यातमा लगाएको रोकलाई ‘अघोषित नाकाबन्दी’ भन्दै आएका थिए।

    images
    images
    images

    प्रधानमन्त्री दाहालले शपथ लिएको भोलिपल्टै मंगलबार ६ वटा मालवाहक ट्रकमा सामान चीनतर्फ गएको छ। धेरै लामो समयपछि चीनतर्फ सामान निर्यात सुरु भएको रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले बताए। ‘चीनतर्फ नेपाली उत्पादन निर्यात भएको छ,’ भण्डारीले भने, ‘निर्यातले व्यापारघाटा कम गर्न सघाउ पुग्छ।’ चीनतर्फ मुडा, तामाका भाँडा, सजावटका सामग्रीलगायत सामान निर्यात भएको भन्सारले जनाएको छ। ‘एक दिनमै ५० लाख रूपैयाँ मूल्यको सामग्री निर्यात भयो,’ भन्सारप्रमुख भण्डारीले भने, ‘नियमित निर्यात भयो भने व्यापारघाटा कम गर्न सघाउ पुग्छ।’ यसले सकारात्मक सन्देश गएको उनले बताए। रसुवागढी नाकाबाट निर्यात सुरु भए पनि तातोपानी नाकाबाट अहिले पनि निर्यात बन्द छ। विगतमा आयात खोलेको भए पनि थोरै गाडी मात्र आयात गर्न दिँदै आएको छ। कोभिड सुरु हुनुअघि दैनिक सयभन्दा बढी गाडी चीनबाट आउँथे। अहिले दैनिक १४ गाडीबाट मात्र सामान आयात भइरहेको छ।

    नेपालले अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना सम्झौतामा हस्ताक्षर गरेपछि चीन असन्तुष्ट रहँदै आएको हो। दाहालको नेतृत्वमा सरकार बनेपछि चीन खुसी भएको कूटनीतिक क्षेत्रका जानकार बताउँछन्। चीनका लागि नेपालका पूर्व राजदूत राजेश्वर आचार्यले नाका खोल्नु सुखद पक्ष भएको बताए। दाहाल प्रधानमन्त्री भएसँगै निर्यात हुनुलाई भने उनी संयोग मान्छन्। ‘निर्यात सुरु गर्ने प्रक्रिया यसअघि बढेको हुन सक्छ,’ आचार्यले भने, ‘दाहाल प्रधानमन्त्री भएलगत्तै निर्यात हुनु संयोग होला।’

    चीनले नेपालमा कम्युनिस्ट नेतृत्वको सरकार होस् भन्ने चाहना भने राखेको पूर्वराजदूत आचार्यले बताए। ‘विगतमा चिनियाँ राजदूतले कम्युनिस्ट सरकार बनोस्, दुई दलको एकीकरण नभत्कियोस् भनेर दौडधुप गरेको देखियो,’ उनले भने, ‘दाहाल नेतृत्वमा नयाँ सरकार बनेकामा चीन खुसी र सकारात्मक भने भएको हुनसक्छ ।’

    चीनले कोभिडको बहाना बनाउँदै रसुवागढी र तातोपानी नाका पटक–पटक बन्द गरी दुःख दिएको भन्दै व्यापारीले गुनासो गर्दै आएका थिए। थोरै संख्याका ट्रकबाट सामान आयात गर्न दिए पनि निर्यात बन्द नै थियो।

    रसुवागढी भन्सारका प्रमुख नारायणप्रसाद भण्डारीले गत सातादेखि नै निर्यातका लागि अनुमति दिने संकेत गरेको बताए। ‘चीनतर्फ निर्यात अनुमति दिने अनौपचारिक सूचना गत साता नै आएको थियो,’ भण्डारीले भने, ‘लामो समयदेखि रोकिएको निर्यात मंगलबारदेखि सुरु भयो।’

    लामो समयदेखि चीनसँगका दुई नाका रसुवागढी र तातोपानी नाकाबाट सहज रूपमा सामान आयात भएको छैन। व्यवसायी र स्थानीयले नाका पूर्ण रूपमा सुचारु गर्न पहिलेदेखि नै माग गर्दै आएका थिए। चीनले अघोषित नाकाबन्दी गरेको आरोप लगाउँदै नाकाबाट आयात-निर्यात सुचारु गर्न व्यापारीले सरकारको ध्यानाकर्षणसमेत गराएका थिए।

    कोभिडपछि चिनियाँ पक्षले कडाइ गर्दै नेपाल आउने थोरै ट्रक मात्र छाडेको थियो। लामो समय सयौं ट्रक चीनतर्फ अड्किएका थिए। सुरुमा कोभिडका कारण कडाइ गरेको बताउने चिनियाँ पक्षले कोभिड कम हुँदा पनि थोरै गाडी मात्र नेपालतर्फ पठाउने गरेको थियो।

    नेपाली बजारमा चिनियाँ सामानको वर्चस्व छ। तातोपानी र केरुङबाट सामान आयात गर्दा १८/२० दिनमै आइपुग्छ। भारतको कोलकाताबाट कन्टेनरमा नेपालसम्म सामान आइपुग्न करिब ४०/४२ दिन लाग्छ। तातोपानी र केरुङ हुँदै आयात गर्दा आधा समय कम लाग्ने भएकाले व्यापारीहरू चीनतर्फबाटै सामान ल्याउन चाहन्छन्। तर चिनियाँ पक्षले नेपाली व्यवसायीको मागलाई बेवास्ता गर्दै आएको छ। नेपाली व्यवसायी र सरकारले नाकाबाट आयात हुने गाडीको संख्या बढाउन पटकपटक आग्रह गरे पनि चिनियाँ पक्षले सुनुवाइ नगर्दा नेपाली व्यवसायी मर्कामा छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।