Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्ड सहित 'नयाँ गठबन्धन'का नेताहरू राष्ट्रपति निवासमा, प्रधानमन्त्रीमा दावी पेश

प्रचण्ड सहित 'नयाँ गठबन्धन'का नेताहरू राष्ट्रपति निवासमा, प्रधानमन्त्रीमा दावी पेश

images
  • प्रचण्ड सहित 'नयाँ गठबन्धन'का नेताहरू राष्ट्रपति निवासमा, प्रधानमन्त्रीमा दावी पेश
    images
    images

    काठमाडौं । सरकार निर्माणमा दावी गर्न नेकपा एमाले, नेकपा माओवादी केन्द्रसहितका दलका नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयले माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रतिनिधिसभाका बहुमत सदस्यहरुको पत्र दर्ता भएको जनाएको छ ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयका प्रेस विज्ञ टीका ढकालका अनुसार, माओवादी केन्द्र सहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको हस्ताक्षर सहितको पत्र आइपुगेको हो । त्यसैगरी जनता समाजवादी पार्टीको पत्रको केहीबेरमा आइपुग्ने खवर आएको ढकालले बताए ।

    images
    images
    images

    ‘पत्रसहित सम्बन्धित नेताहरु आउने क्रम शुरु भएको छ’ ढकालले भने, ‘पत्र हेरेपछि राष्ट्रपतिज्यूले केही न केही निर्णय गर्नुहुनेछ । सम्भवतः ५ बजेभित्र केही विज्ञप्ति आउला ।’ प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण त्यसपछि तय हुने उनले बताए । उनका अनुसार, सम्भवतः आज शपथ ग्रहण हुदैन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।