Logo

२०८३, आश्विन १०गते


images
images

प्रचण्डलाई प्रधानमन्त्री दिन देउवाले दिएनन् ‘ग्रीन सिग्नल’

प्रचण्डलाई प्रधानमन्त्री दिन देउवाले दिएनन् ‘ग्रीन सिग्नल’

images
  • प्रचण्डलाई प्रधानमन्त्री दिन देउवाले दिएनन् ‘ग्रीन सिग्नल’
    images
    images

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्दै आएपनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सकारात्मक भएका छैनन् । पार्टीभित्र तीव्र दबाब आएको भन्दै देउवाले   प्रधानमन्त्रीमा प्रचण्डलाई सघाउने प्रतिबद्धता जनाउन सक्ने अवस्था नरहेको बताएका छन् । 

    images
    images
    images

    शुक्रवार बालुवाटारमा भएको छलफलका क्रममा देउवाले आफूले नै पहिलो कार्यकाल नेतृत्व गर्न पाउनुपर्ने बताएका हुन् । माओवादी निकट स्रोतका अनुसार देउवाले पार्टीबाट धेरै प्रेसर आएको भन्दै आन्तरिक छलफल गरेरमात्रै निर्णय दिन सक्ने बताएका छन् । निर्णायक भनिएको छलफलमा देउवाले यस्तो भनेपछि बैठक निष्कर्षविहीन बनेको छ । 

    images
    images
    images

    स्रोतकाअनुसार चुनावअघि पहिलो चरणमा प्रधानमन्त्री प्रचण्डलाई बनाउने भनेर देउवाले सहमति जनाएका थिए । तर, ठूलो पार्टीको हैसियतमा पार्टीले नै नेतृत्व गर्नुपर्ने भन्दै कांग्रेसका दोस्रो तहका नेताको चर्को दबाब छ । ‘दोस्रो तहका नेताहरूले प्रेसर दिनु भएको छ । जसले गर्दा देउवाले निर्णय गर्न सक्नु भएको छैन । उहाँले छलफल गरेर निष्कर्षमा पुग्छु भनेर प्रचण्डसँग भन्नुभएको छ’, माओवादीका एक नेताले भने ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।