Logo

२०८३, कार्तिक २५गते


images
images

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

images
  • खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन
    images

    देवदह  । धान र आलु थन्काएपछी बाँझो रहेको खेत हातेटेक्टर जोतिरहेको छ । र, त्यो जोतिरहेको टेक्टरलाई चलाइरहेकि छन्, कक्षा १२ मा अध्ययनरत विद्यार्थी दिपा बस्याल । दिपासंगै साथमा सहयोग गरिरहेका छन्, उनका साथी कल्पना र प्रविन । शिक्षक शिव ढकाल कसरी खेतीलाई उपयुक्त माटो तयार पर्ने सिकाइरहेका छ्न । यो दृश्य हो देवदहस्थित केरवानी माध्यमिक विद्यालयको । 

    images
    images
    images

    सधैजसो यसरी नै केरवानी माविमा कृषि विज्ञान विषय अध्ययनरत विद्यार्थी कालो कोट फुकाली र लगाएका शर्टका बाहुलामाथि सारेर विद्यालयको बाँझो जमिन तरकारी खेतीका लागि तयार गर्छन  ।

    images
    images
    images
    WhatsApp Image 2022-12-20 at 8.17.48 PM.jpeg

    यसरी काम गरिरहेका विद्यार्थीको मुहारमा केही गर्ने जोस र सिक्ने उत्साह छ। कृषिलाई नपढेकाहरूको पेशा भनेर हेयको दृष्टिकोणले हेरिदैं आएको हाम्रो समाजमा यसरी पढे-लेखेका, त्यो पनि विज्ञान विषयका विद्यार्थीहरूले टेक्टर चलाएर कृषि गर्न थालेपछि राम्ररी नपढे हलो जोत्नुपर्ला भन्ने पुरानो उखान फेरिएको विद्यार्थीहरू बताउछन। विद्यार्थी दिपा भन्छिन "हामी कृषिका विद्यार्थी, क्लास सकियो ।  पढेको कुरा व्यवहारमा परिक्षण गर्न फिल्डमा टनेलमा काउली, बन्दा, टमाटरका बेर्ना लगाएका छौ । तिनै बेर्ना सार्नको लागि अहिले ठाउँ बनाउदैं छौं । सरहरुले समूह विभाजन गरिदिनुभएको छ, कोहि यहाँ जोत्दै छौ, कोहि मल हाल्दै, कोहि बेर्नामा पानी हाल्दैछौ ।"

    images
    images

    त्यसैगरि कक्षा १२ कै अर्का विद्यार्थी प्रविन थारु आफुलाई बाल्यकाल देखिनै माटो खेलाउन मनपर्ने बताउछन । उनले भने "हाम्रो परिवारमा सबैले कृषि गर्छौ, त्यसैले मलाई पनि माटोसंग खेल्न औधी मन पर्छ, मैले कक्षा ९ देखि कृषि पढ्ने निर्णय गरे किनकि परम्परागत खेतीलाई परिवर्तन गरि आधुनिक खेती आफैले सुरु गर्ने मेरो सपना छ।' 

    WhatsApp Image 2022-12-20 at 8.17.45 PM.jpeg

    प्राविधिक धारतर्फ कक्षा ९ देखि १२ अन्तर्गत बाली बिज्ञान (कृषि) संन्चालन गरेको केरवानी माध्यमिक विद्यालयका विद्यार्थीहरु अध्ययनसंगै ब्यबहारिक शिक्षामा कैले धान, तरकारी फलाउछ्न् त कैले च्याउ बनाउदै बजार बजार बिक्री गर्दै हिड्छ्न् । यसरी अध्ययनसंगै ब्यबहारिक ज्ञानको अभ्यास गर्दै आएका विद्यार्थी जागीरको खोजीगर्दै विदेशमा भौतारिन नपर्ने विद्यालय प्रधानाध्यापक दुर्गादत्त शर्माले बताउछन् । उनी भन्छन्, "हाम्रा विद्यार्थीलाई हामिले किताबी ज्ञानमात्र  दिदैनौ, हाम्रो जोड ब्यावाहारिक शिक्षा विशेष हुन्छ।  भोलिका दिनमा यस्ले देशलाई  कृषिमा आत्मनिर्भर त बनाउछ नै विद्यार्थीहरुमा पनि केही गर्ने आत्मविश्वास बढ्छ।' उनी थप्छन, 'विद्यार्थी यो विद्यालयबाट पासआउट हुँदा सर्टिफिकेट्मात्र हैन, क्षमता, ज्ञान र सिप लिएर जान्छन्।  यस्ले उनीहरुलाई कुनै फिल्डमा गएपनि डगमगाउनु पर्दैन ।"

    WhatsApp Image 2022-12-20 at 8.17.47 PM.jpeg

    विद्यालयका कृषि विषय संयोजक निरन्जन अर्यालका अनुसार विद्यालयले खेती गर्न विद्यार्थीलाई जग्गा उपलब्ध गराएको छ । विद्यार्थीले केही खेती वा पालन गर्नुपर्ने अवस्थामा विद्यालयले आर्थिक सहयोगपनि गरेको उनको भनाई छ । उनी भन्छन्, "विद्यार्थीको पढाईसंगै व्यबहारी ज्ञान बढ्छ, हामी विद्यार्थीहरुले गरेका काममा लगानी गर्दिन्छौ।  त्यसको प्रतिफल विद्यार्थीले हाम्रो साँवा फिर्ता गरि मुनाफा आफै कमाउने गरेका छ्न् ।"

    प्राध्यापक तथा कृषि बिज्ञ सन्जय कुमार शुक्ला नेपालको अर्थतन्त्रमा कृषिको प्रभुत्व रहेको बताउछन् । उनी भन्छ्न्, " सन् १९८० को आखिरीसम्म ९० प्रतिशत भन्दा बढी जनसंख्याको जीविकाको माध्ययम कृषि थियो। यद्यपी कुल जमिनको २० प्रतिशत क्षेत्र मात्र खेतियोग्य थियो । यसबाट जीडीपीको ६० प्रतिशत र कुल निर्यातको करिब ७५ प्रतिशत हिस्सा ओगटेको थियो ।" उनी थपछ्न्, "६० प्रतिशतभन्दा बढी जनसङ्ख्या कृषिमा आवद्ध भएको देशमा किन कृषि क्षेत्रबाट सोचेजस्तो प्रतिफल पाउन सकिएको छैन ? कृषि शिक्षा विकास भएपनि कृषि शिक्षाले कृषि क्षेत्रलाई विकास गर्न नसक्नुको मुख्य कारण  हो।"  यदि विद्यार्थीलाई प्रयोगात्मक र प्राविधिक शिक्षामा जोड दिने हो भने दक्ष जनशक्ति उत्पादनसंगै नेपाललाई कृषि क्रान्तिको बाटोमा लैजान सकिने उनको भनाई छ ।

    अवश्य पनि बर्षेनी सयौंको संख्यामा कृषि विज्ञ उत्पादन भैरहेका छन्।  त्यसका लागि राज्यले अरबौं रकम लगानी गरेको छ।  तर यसरी राज्यको लगानीमा तयार भएका विज्ञहरूलाई नेपालमै रोक्न भने राज्य असफल हुदै आएको छ। नेपालका विभिन्न कलेजमा राज्यको छात्रवृत्तिमा पढेका युवाहरू समेत यो देशमा रोकिएको अवस्था छैन।  राज्यले यसरी उत्पादित जनशक्तिलाई नेपालमै रोक्नका लागि ति युवालाई यहीं भविष्य देखाउन जरुरी छ। ती युवालाई नेपाली माटोसंग प्रेम जगाउन जरुरि छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।