सूर्य सुनार, गुल्मी । गुल्मीको मजुवामा तुराङ्ग बहुप्राविधिक विद्यालय स्वीकृत भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ तुराङ्गमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम संचालन हुने भएको हो ।
जिल्लामा थप एक आंगिक शिक्षालय स्थापना सम्बन्धमा सम्भाव्यता गर्न निर्णय भएको र सो सम्बन्धमा यही जेष्ठ १० गते लुम्बिीनी प्रदेश कार्यालयबाट सम्भाव्यता अध्ययन गरी सिफारिस भै शिक्षा मन्त्रालयमा पठाइएको थियो ।
त्यस्तै परिषदका अध्यक्ष शिक्षामन्त्रीको निर्णयानुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम शिक्षालय स्थापना हुने भएको हो । जसअन्तगत डिप्लोमा इन कृषि वाली विज्ञान, डिप्लोमा इन कृषि पशु विज्ञान, र डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग बिषयमा अध्ययन हुने गरी कार्यक्रम स्वीकृत भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology