Logo

२०८३, आश्विन १०गते


images
images

गुल्मीको इस्मा गाउँपालिका २ मा वडा कार्यालयकाे भवन शिलान्यास 

गुल्मीको इस्मा गाउँपालिका २ मा वडा कार्यालयकाे भवन शिलान्यास 

images
  • गुल्मीको इस्मा गाउँपालिका २ मा वडा कार्यालयकाे भवन शिलान्यास 
    images
    images

    सुमन महतारा गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नं २ काे वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले  साेमबार  वडा कार्यालय भवनको शिलान्यास गरेकि  हुन् ।

    images
    images
    images

     भ्याट बाहेक ८० लाख उन्चालीस हजार छपन्न रुपैयाँ  लागतमा बन्ने दुई तले पक्की भवन २०८० बैशाख मसान्तभित्रै सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ ।
    इस्मा गाउँपालिका वडा नम्बर २ का पूर्व वडा अध्यक्ष टीका बहादुर रेस्मीले कार्यालय भवनको लागि जग्गा दान गरेपछि कार्यालयले सो जग्गामा भवन निर्माण थालेको छ ।

    images
    images
    images

    भवन निर्माणका लागि गुल्मीकै जाेग्मा विल्डर्सले  ठेक्का प्राप्त गरेकाे छ ।

    images
    images
    images

    गाउँपालिका र जाेग्मा विल्डर्स विचकाे सम्झौता अनुसार यहि बैशाख मसान्त सम्म भवन निर्माण गरी सक्ने र आउदो असार मसान्तबाट कार्यालयको सेवा आफ्नै भवनबाट प्रभाह गर्ने लक्ष्यका साथ काम हुने गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताइन  ।
    गाउँपालिकाका इन्जिनियर सुशील पन्थीका अनुसार वडा कार्यालयकाे भवन २ तले बन्ने जसमा  ५  ओटा अफिसियल कोठा,  १ ओटा हल, बरण्डा सहितको कार्यालय सञ्चालन सहज हुने गरी निर्माण हुने उनले बताए । 
    शिलान्यासको क्रममा गाउँपालिका अध्यक्ष भगत सिंह खण्डकाले सबै वडा कार्यालयले प्रविधिको प्रयोग गर्दै सरल सहज र छिटो छरितो रुपमा नागरिकलाई सेवा प्रभाह गर्न तर्फ अग्रसर हुर्नु पर्नेमा जोड दिएका थिए । अध्यक्ष खण्डकाले  जग्गा उपलब्ध गराउने मनकारि पूर्व वडा अध्यक्षलाई  धन्यावाद दिए । वडाले आफ्नै भवनबाट सेवा प्रदान गर्दा नागरिक कर्मचारी जनप्रतिनिधि सबैलाई सहज र सरल हुने भएकाले समयमा निर्माण कार्य गर्न उनले निर्माण कम्पनीलाई आग्रह गरे

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।