कृष्ण अन्जान गुल्मी । एक जुगमा त्यस्ता दिनहरु कहिलेकाहीँ मात्र आउँछन् र ती दिनहरुले लामाे समयसम्म सम्झना छाडेर जान्छन । साविक थानपती गाउँ विकास समितिकाे वडा नम्बर २ र हालकाे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ३ फल्लेखर्क एउटा त्यस्ताे टाेल हाे, जहाँ महान महर्षिकाे जन्म मात्र भएन कठाेर तपस्याका साेह्र वर्षसमेत बिते ।
समयले नेटाे काट्याे तर पनि ईतिहास मेटिने कुरै भएन ।स्यालपाेखरीदेखि गौतमटाेल जाने सडककाे तलपट्टि फल्लेखर्ककाे माथिल्लो भेगमा एउटा घर छ, जुन घरमा पुग्दा पुरानो कुरा सम्झेर सबैकाे शिर आस्थाले झुक्छ ।
बिक्रम सम्वत १९९८ मा याे ठाउँमा जन्मेका नारायण प्रसाद ज्ञवाली त्यस्ता याेगि हुन जस्ले कलियुगमा पनि कठाेर तपस्या गरे र तपस्वी नारायणकाे रुपमा परिचित बने ।
त्यसाे त २०४४ सालमा उनकाे देहावसान भयाे। तैपनि उनकाे कठिन तपस्याका दिनभने समकालीन थाेर्गेलीहरुलाई सम्झना छ ।
सांसारिक माया माेहबाट टाढा रहेर घर नजिकै कुटि बनाएर छ वर्ष फलफूल र १२ वर्ष एकछाक दूध र थाेर्गेली उत्पादन खुदाे मात्र खाएर उनले गरेकाे कठाेर तपस्या सम्झिन्छन, उनका छाेरा बिष्णु प्रसाद ज्ञवाली ।
"बिहान साँझ याेग प्रणायाम, ध्यान गर्ने शंखघण्ट बजाउने, जुता चप्पल र सिलाएका कपडा नलगाउने र साँझ एक छाक दूध र खुदाे खाएर वहाँले कठाेर तपस्या गर्नु भएकाे हाे जुन थाेर्गाकालागि अध्यात्मवादकाे एउटा ईतिहास मेराे बुबा हुनुहुन्थ्यो" छाेरा बिष्णु प्रसाद ज्ञवालीले भने ।
नयाँ पिँढिले त थाहा पाउने कुरै भएन किनकि तपस्वी नारायणले सँसार छाडेकाे पनि ३५ वर्ष पूरा भयाे तर पुरानाे पुस्तालाई तपस्वी नारायणकाे कठाेर तपस्याकाे सम्झना ताजै छ ।
"बिहानैदेखि जप, ध्यान ,पान्चायन पुजा पाठ, धुप दिपले जाज्वल्यमान हुन्थ्यो तपस्वी नारायणकाे कुटि" उनका भाई कृष्ण राज ज्ञवालीले विगत सम्झिदै भन्छन । याेग, ध्या।, १२ सूर्य आसन, याेगका ३२ आसन, वेद, चण्डी पाठ र दिनभरि कसैसँग नबाेल्ने तपस्वी नारायणकाे दिनचर्या रहेकाे छाेरा बिष्णु ज्ञवालीकाे भनाई छ ।
गौसेवा गर्ने तपस्वी नारायणले गाईपाल्ने, गाेबर साेत्तरका सबैकाम समेत गर्थे । चौध वर्षको उमेरमा टुहुरा बनेका तपस्वी नारायणले भाई बहिनिको पालनपाेषण विवाह-दान गरेर पारिवारिक जिम्मेवारी निभाए पछि तपस्वी जिन्दगीमा लागेका थिए ।
तपस्या कै क्रममा उनले २०४४ सालमा ५४ वर्षको उमेरमा उनी भौतिक रूपमा सधैंका लागि यो संसारबाट अस्ताए ।
उनकाे कठिन तपस्या किँवदन्ति जस्ताे लागेपनि पुराना थाेर्गेलीहरुले अहिलेसम्म उनले गरेका कठाेर तपस्यालाई सम्झिन्छन र उनकाे घरलाई एउटा महान तपस्विकाे मन्दिरको रुपमा श्रदा गर्छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology