Logo

२०८३, श्रावण २७गते


images
images

तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले लगाए आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला

तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले लगाए आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला

images
  • तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले लगाए आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला
    images
    images

    गण्डकी प्रदेश । तनहुँको शुक्लागण्डकीमा वडा सदस्यले आफ्नै वडा अध्यक्षको कार्यकक्षमा ताला लगाइ दिएका छन् । वडा नं. ९ का सदस्य दिपक महतले आइतवार विहान कार्यालय खुल्ने वित्तिकै वडा अध्यक्ष बाबुराम पुलामी मगरको कार्यकक्षतामा लगाएका हुन् ।

    images
    images
    images

    ढोरबाराही मन्दिरको समिति निर्माण र अन्य निर्णहरुमा वडा अध्यक्षले एकलौटी ढंगले निर्णय गरेको आरोप लगाउदै तालबन्दी गरेको महतले बताएका छन् । यता वडा अध्यक्ष पुलामीले भने ढोरबाराही मन्दिरको समिति मेयर र उपमेयरको रोहबरमा बनाइएको बताएका छन् ।

    images
    images
    images

    अन्य वडाका निर्णहरुमा पनि सबै सदस्यहरुको सामुहिक निर्णय अनुसार आफू बढेको उनको भनाई छ । सो वडामा वडा अध्यक्षसहित ५ जना नेकपा एमालेबाट निर्वाचित भएका हुन् । यसअघि पनि वडा सदस्य महतले असन्तुष्ट व्यक्त गर्दै कार्यालयमा अनुपस्थित हुने गरेका थिए ।

    images
    images
    images

    पार्टीले छलफल गरेर सहमति गरेपछि उनी वडामा जान थालेका थिए । यसैबीच उपमेयर खुम बहादुर विकको रोहबरमा विहानै वडा अध्यक्षको कार्यकक्षमा लगाईको ताला फोडिएको छ । उपमेयर विकसहित, वडा नं. ७ का अध्यक्ष खड्कसिंह थापा, वडा नं. ८ का अध्यक्ष नारायण सिंह थापा, प्रशासन शाखा प्रमुख लक्ष्मण लम्साल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक याम नारायण अर्यालसहितको उपस्थितिमा ताला फोडिएको हो । उपमेयर विकले विमती भए छलफलको माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

    साथीहरुबीच समस्या हुन सक्छन, यो कुनै ठूलो कुरा होइन, उनले भने, 'तर कार्यकक्षमै ताला लगाएर मात्र समाधान भने हुदैन ।'

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।