Logo

२०८३, श्रावण २७गते


images
images

पोखरामा छठ पूजाको तयारी तीव्र

पोखरामा छठ पूजाको तयारी तीव्र

images
  • पोखरामा छठ पूजाको तयारी तीव्र
    images
    images

    राजेश पराजुली, पाेखरा । पोखरामा छठ पर्वको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । पोखराको केदारेश्वर महादेवमणि मन्दिर, नारायणस्थान मन्दिर र रिट्टेघाँट त्रिवेणी धाम कालिखोला सेतीनदी किनारामा छठ पूजा मनाइँदै छ ।

    images
    images
    images

    केदारेश्वर मन्दिरमा हिन्दूको पर्व छठ पर्वको तयारी भव्य गरिएको पूजा समितिले जनाएको छ । विगतदेखि नै भव्यरुपमा मनाउँदै आएको छठ पर्व यस पटक पनि केदारेश्रर मन्दिर छठ घाटमा कार्यक्रम तय गरिएको छ ।

    images
    images
    images

    छठी माताको पूजा र आराधानाले मनको इच्छा पुरा हुने, परिवारमा सुख शान्ति मिल्ने, व्यापार व्यवसायमा प्रगति हुने विश्वास रही आएको छ ।

    images
    images
    images

    गहुँको पीठोको रोटी, लड्डु, फलफूल आदिका साथ पानीमा डुव्दै गरिने पूजामा महिलाको सक्रिय सहभागिता रहनेछ ।

    महिलासँगै भाकल वोकेका पुरुष पनि पूजामा सहभागी भई छठी माताको पूर्जा गर्दै आएका छन् । पोखरामा करिब एक हजारको संख्यामा भक्तजन सहभागी हुने अनुमान छ।

    पोखरामा व्यवस्थित रुपमा छठ पूजा गर्न थालिएपछि पहाडी मूलका मानिसले समेत छठ पूजा गर्न थालेका छन् । छठ पर्वको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ ।

    अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ। छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिककृष्ण प्रतिपदादेखि नै शुरु हुने बताइन्छ।

    छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिककृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ।

    कार्तिकशुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन्। यसलाई पनि छठको एउटा विधिका रुपमा लिइन्छ। बर्तालुले छठको मुख्य दिन कार्तिकशुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् ।

    यस वर्ष यही कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ। भोलिपल्ट अर्थात् कार्तिकशुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ।

    कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको छ। अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रुपमासमेत उपयोग गरिँदै आएको छ। पछिल्लो समय पाेखरा, काठमाडौँलगायत पहाडी जिल्लामा समेत धूमधामका साथ छठ पर्व मनाउन थालिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नुवाकोट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।