Logo

२०८३, आश्विन ९गते


images
images

नेपाल क्यान्सर हस्पिटलद्वारा पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

नेपाल क्यान्सर हस्पिटलद्वारा पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम

images
  • नेपाल क्यान्सर हस्पिटलद्वारा पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम
    images
    images

    पोखरा।  नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर’ हरिसिद्दि ललितपुरले पोखरामा क्यान्सर सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।पछिल्लो समय नेपालमा बढ्दै गरेको विभिन्न खालका क्यान्सर र त्यसको अबस्थाको बारेमा हस्पिटलका नाक, कान, घाँटी, तथा थाइराइड क्यान्सर विशेषज्ञ डाक्टर प्रभात चन्द्र ठाकुरले नेपालमा क्यान्सर रोग र समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा सचेतना गराएका थिए।

    images
    images
    images

    नेपाल क्यान्सर हस्पिटलले बिशेषत: समाजमा सानो भएपनि क्यान्सर सम्बन्धि चेतना जागोस् भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरेको डा. ठाकुरले बताए । उनले समस्यामा परेका कतिपय बिरामीलाई हस्पिटल र आफुहरुले सक्दो सहयोग स्वरुप उपचार गरेको बताए।

    images
    images
    images

    नेपालमा पछिल्लो समय मुखको क्यान्सर धेरै बढेको बताउदै डा. ठाकुरले समयमै उपचार पाए डराउनु नपर्ने बताए। नेपालमै राम्रो उपचार हुदा हुँदै पनि २० देखि ३० प्रतिशत बिरामी हताशमा बाहिर जाने गरेको पनि डा. ठाकुरले बताए । उनले बिशेष सजग भएमा क्यान्सर लागेको खण्डमा पनि रोगलाई शुन्यमा झार्न सक्ने बताए।

    images
    images
    images

    यस्तै डा. ठाकुरले पछिल्लो समय थाइराइड क्यान्सरका घटना देखिने क्रम बढिरहेको बताए । उनले भने, “हुन त यो समस्या पहिचान र उपचारमा नयाँ-नयाँ प्रविधि विकास भएका कारणले पनि यस्तो भएको हुनसक्छ। विशेषगरी २५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा क्यान्सर बढी पाइन्छ । महिलामा वशांणुगत इतिहास, रोग प्रतिरोधात्मक क्षमतामा ह्रास, धुम्रपान, गर्भवती अवस्था, गलगाँड तथा घाँटीमा धेरै गिर्खा भएको अवस्था, क्यान्सर हुन सक्छ” ।

    डा. ठाकुरले नेपालमा पछिल्लो समय बिश्वकै राम्रो प्रबिधि भित्रिएको र आफुहरुले २०१७ देखि क्यान्सरको प्रत्यारोपण समेत सुरु गरेको बताए । सो अबसरमा उनले नाक, कान, घाँटी, मुख र थाइराइड क्यान्सरका डाक्टरहरुको संख्यामा पनि राम्रो भएको र उपचारमा सहज भएको बताए।

    हाल नेपाल क्यान्सर हस्पिटलमा डा. ठाकुर संगै हस्पिटलका सञ्चालक तथा कार्यकारी प्रमुख डाक्टर सुदिप श्रेष्ठ, हस्पिटलका निर्देशक डाक्टर विजेशराज घिमिरे एवम् हस्पिटलका रेडियो थेरापी चिफ डाक्टर निखाप्रासिको टिमले बिशेष क्यान्सर सम्बन्धि सेवा दिदै आएको छ।

    क्यान्सर लागेर पनि उपचार पश्चात् राम्रो भएका बिरामीहरुको समेत उपस्थित रहेको कार्यक्रममा नेपालमै राम्रो उपचार भएको र बिरामीहरुमा पनि जनचेतना जगाउनु पर्नेमा जोड दिइएको थियो।

    यस्तै पोखराका नाक, कान, घाँटी ,मुख एवम् थाइराइड क्यान्सर रोग बिशेषज्ञ डाक्टरहरु संग पनि हस्पिटलले क्यान्सर रोगलाई मध्यनजर गर्दे अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हस्पिटलका मार्केटिङ अफिसर सोयन साहले जानकारी दिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।