Logo

२०८३, श्रावण २७गते


images
images

'नाडा'को प्रदर्शनलाई समर्थन गर्दै पोखरामा 'वाडा'को धर्ना

'नाडा'को प्रदर्शनलाई समर्थन गर्दै पोखरामा 'वाडा'को धर्ना

images
  • 'नाडा'को प्रदर्शनलाई समर्थन गर्दै पोखरामा 'वाडा'को धर्ना
    images
    images

    राजेश  पराजुली, पोखरा । पश्चिमाञ्चल अटोमोबाइल डिलर एसोसिएसन (वाडा) ले पोखरामा धर्ना कार्यक्रम गरेको छ । नाडा अटोमोबाइल्स् एसोसियसनले सरकारले ८ महिना अघिदेखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि नगद मार्जिनको व्यवस्था हटाउन माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

    images
    images
    images

    नाडाले गरेको विरोध प्रदर्शनलाई समर्थन गर्दै वाडाले पनि पोखरामा धर्ना कार्यक्रम गरेको हो । वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको धर्ना कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघ, वस्तुगत संघ, कास्की मोटरसाइकल अटो एसोसिएसन, नेपाली युवा उद्यमी मञ्च पोखरा लगायतका संस्थाहरुले समर्थन गरेका थिए ।   पोखराको मानवअधिकार चोकमा बिहीबार भएको धर्ना कार्यक्रममा नाडाका उपाध्यक्ष मोहनबाबु खड्का, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, एनवाइइएफका अध्यक्ष सुयस मल्ललगायतले बोलेका थिए ।

    images
    images
    images

    धर्ना कार्यक्रममा व्यवसायीहरुले अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने, नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने, चालु पुँजी कर्जा मार्गदर्शन-२०७९ हाललाई स्थगन गर्नुपर्ने, अटो कर्जाको सीमा बढाउनु पर्ने, बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने माग गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।