Logo

२०८३, आश्विन ९गते


images
images

बङ्गालको शक्तिशाली चक्रवातका कारण शनिबारसम्म अत्यधिक वर्षा हुने

बङ्गालको शक्तिशाली चक्रवातका कारण शनिबारसम्म अत्यधिक वर्षा हुने

images
  • बङ्गालको शक्तिशाली चक्रवातका कारण शनिबारसम्म अत्यधिक वर्षा हुने
    images
    images

    काठमाडौं । आजदेखि शनिवारसम्म देशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने भएकाले सचेत रहन मौसमविद्हरुले अनुरोध गरेका छन् । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवातको कारण प्रदेश-१, प्रदेश-२, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images
    images
    images

    यस्तै हिमाली क्षेत्रमा हिमपात र हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images
    images
    images

    ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आँधीको प्रभावका कारण मनसुन सुरु नहुँदै मौसमजन्य विपद् आउन सक्ने भन्दै सतर्कता अपनाउन र विपद् व्यवस्थापनमा खट्न आग्रह गरेको हो ।

    images
    images
    images

    प्राधिकरणले नदी किनारहरुमा सतर्क भएर बस्न र कुनै खतरा भएमा सुरक्षाकर्मीलाई जानकारी गराउन भन्दै विपद् व्यवस्थापनमा संलग्न सरकारी एवम् गैरसरकारी निकाय र विषयगत क्षेत्रलाई उच्च सतर्क अवस्थामा रहन भनेको छ ।

    सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । यस्तै प्राधिकरणले पर्वतारोहणका लागि हिमालमा गएको टोलीलाई तुरुन्त सुरक्षित ठाउँमा फिर्ता बोलाउन पनि आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।