Logo

२०८३, आश्विन ९गते


images
images

'अर्थतन्त्रमा बहुआयामिक असर, राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार'

'अर्थतन्त्रमा बहुआयामिक असर, राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार'

images
  • 'अर्थतन्त्रमा बहुआयामिक असर, राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार'
    images
    images

    राजेश पराजुली, पोखरा ।  नेपाल उद्योग वाणिज्य महासंघले नेपालको अर्थतन्त्रमा अहिले बहुआयामिक असर परेको बताएको छ । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा सरकार पुगेको महासंघले जनाएको छ।

    images
    images
    images

    महासंघका अनुसार मूल्यवृद्धि ६ वर्षयताकै उच्च रहेको र निजी क्षेत्र संकुचित हुँदै गएको छ ।बहुप्रतिक्षित चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले पनि विद्यमान समस्या सम्बोधन गर्न नसकेको महासंघको भनाइ छ । महास‌ंघले माैद्रिक नीतिकाे समीक्षा गर्दै अहिले सरकार, सर्वसाधारण र निजी क्षेत्र सबै नकारात्मक रुपमा प्रभावित भएको निष्कर्ष निकालेकाे छ ।

    images
    images
    images

    महास‌ंघका उपाध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा निराशाको अवस्था रहेकाे बताए । उनले भने,’अझै पनि हामी सचेत भएनौ भने अर्थतन्त्र दुर्घटनामा पछाैं । बजारमा नियमित उत्पादन र आपुर्ति भै रह्यो भने यसले सरकारको राजस्व, सर्वसाधारणको रोजगारी र निश्चित सिमाभित्र मुल्य कायम राख्ने सुनिश्चितता गर्छ ।’ यो अवस्थामा मुलुक आइपुग्नुमा मुलतः अन्तराष्ट्रियस्तरमा इन्धन लगायत कच्चा पदार्थमा भएको मुल्यवृद्धि र नियामकीय अपरिपक्वता मुख्य कारक भएकाे उनकाे दाबी छ ।

    images
    images
    images

    नियामकीय सुधार समयमा हुन नसक्दा समस्या जटिल बन्दै उनकाे ठहर छ । महासंघको सर्वेक्षण अनुसार निर्माण क्षेत्र अन्तर्गत सिमेन्ट, फलामे छड लगायतका उद्योगहरु औसत ३० प्रतिशत क्षमतामा चलिरहेका छन् । दैनिक उपभोग्य सामानहरुको बिक्री १८ प्रतिशत घटेको छ । विद्युतीय उपकरणको कारोबार ५५ प्रतिशत संकुचन भएको छ । अर्थतन्त्र जोगाउने अविभारा सरकार, केन्द्रिय बैंक, निजी क्षेत्र सबैको भएको महासंघले बताएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।