Logo

२०८३, आश्विन ९गते


images
images

ब्याजदर वृद्धिविरुद्ध आन्दोलनपछि एफएनसीसीआइ अध्यक्ष गोल्छा पुगे राष्ट्र बैंक  

ब्याजदर वृद्धिविरुद्ध आन्दोलनपछि एफएनसीसीआइ अध्यक्ष गोल्छा पुगे राष्ट्र बैंक  

images
  • ब्याजदर वृद्धिविरुद्ध आन्दोलनपछि एफएनसीसीआइ अध्यक्ष गोल्छा पुगे राष्ट्र बैंक  
    images
    images

    काठमाडौं । ब्याजदर वृद्धिको विरोधमा व्यवसायीहरु सडकमा उत्रिएपछि नेपाल उद्योग वाणिज्य महासंघ राष्ट्र बैंक पुगेको छ। व्यवसायीहरुको माग सम्बोधन गरिदिन महासंघका अध्यक्ष सोमबार राष्ट्र बैंक पुगेका हुन्। 

    images
    images
    images

    ब्याजदर वृद्धिको विरोधमा सुर्खेतलगायतका जिल्लाहरुका व्यवसायी आन्दोलित बनेपछि महासंघले राष्ट्र बैंक गुहारेको हो। 

    images
    images
    images

    महासंघले वित्तीय क्षेत्रका समस्या यथाशीघ्र समाधान गर्न राष्ट्र बैंकको ध्यानाकर्षण गरेको छ। महासंघका अध्यक्ष गोल्छा नेतृत्वको टोलीले राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंगानासहितका उच्च अधिकारीहरूलाई भेटेर उक्त आग्रह गरेको हो। 

    images
    images
    images

    ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ,' अध्यक्ष गोल्छाले भने, ‘ब्याजदर स्थायित्व चालु पूँजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रिय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्छ।’

    भेटका क्रममा कार्यवाहक गभर्नर ढुंगानाले महासंघका सुझाव अध्ययन गरि समाधानका उपाय खोजिने बताइन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।