काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको व्यापार समितिमा व्यवसायी प्रदीप खड्का र शंकर घिमिरे आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका छन् ।
महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यापार समितिका सभापति नवीन रिजालको नेतृत्वमा रहेको समितिमा उनीहरूलाई मनोनीत गरेका हुन् ।
महासंघका अनुसार समितिले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, व्यापार सहजीकरण, व्यवसायीका समस्या समाधान तथा निर्यात विस्तारका लागि नीतिगत सुझाव दिनेछ ।
डेढ दशकभन्दा बढी समयदेखि आयात–निर्यात व्यापारमा संलग्न खड्का र घिमिरेको अनुभवले व्यापार क्षेत्रका समस्या उठाउन र महासंघका पहललाई प्रभावकारी बनाउन सहयोग पुग्ने महासंघले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology