Logo

२०८३, आश्विन १९गते


images
images

कांग्रेस महाधिवेशन

कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव

कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव

images
  • कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय बनाउने प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिएको छ । महामन्त्री प्रदीप पौडेलले विधानमा संशोधनको प्रस्ताव गर्दै केन्द्रीय कार्यसमितिको विस्तार गर्ने प्रस्ताव गरेका हुन् ।

    images
    images
    images

     प्रस्तावअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक, उपसभापति चार, महामन्त्री तीन र सहमहामन्त्री १५ जना रहनेछन् । तीन महामन्त्रीमध्ये एक जना महिला हुनेछन् भने चार उपसभापतिमध्ये एक महिला र एक समावेशी समूहबाट हुने प्रस्ताव गरिएको छ । सहमहामन्त्रीमध्ये ११ जना निर्वाचित र चार जना सभापतिबाट मनोनित हुनेछन् । कोषाध्यक्ष भने सभापतिबाट मनोनित गर्ने प्रस्ताव छ ।

    images
    images
    images

    २९७ सदस्यीय केन्द्रीय समितिमा खुलातर्फ ४५ र खुला महिलातर्फ १५ जना रहने प्रस्ताव गरिएको छ । हरेक प्रदेशबाट एक महिलासहित चार, उपत्यकाबाट एक महिलासहित दुई, दलिततर्फ महिलासहित १४, आदिवासी जनजाति २०, खसआर्य १८, मधेशी १३, थारु ६ र मुस्लिमतर्फ पाँच जना रहनेछन् ।

    images
    images
    images

    त्यस्तै श्रमिकतर्फ एक महिलासहित तीन, पेशागत विज्ञतर्फ दुई महिलासहित सात र युवातर्फ २१ जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ ।

    यसअघि कांग्रेसको केन्द्रीय समिति १६७ सदस्यीय रहेको थियो । नयाँ संरचनासम्बन्धी प्रस्ताव बन्दसत्रबाट पारित भएपछि यसै महाधिवेशनमा हुने निर्वाचनमा कार्यान्वयनमा आउनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।