Logo

२०८३, आश्विन १९गते


images
images

शिक्षा

जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता विद्यार्थीलाई युनाइटेडको सम्मान

जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता विद्यार्थीलाई युनाइटेडको सम्मान

images
  • जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता विद्यार्थीलाई युनाइटेडको सम्मान
    images
    images

    सुनवल । सुनवल युनाईटेड अंग्रेजी आवासीय माध्यमिक विद्यालय सुनवल-४, नवलपरासीले जिल्ला तथा प्रदेशस्तरीय विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई सम्मान गरेको छ ।

    images
    images
    images

    यहि असोज १ र २ गते गुल्मी जिल्लामा आयोजित प्रदेशस्तरीय स्क्राबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी बिनिता वर्मालाई कार्यक्रममा सम्मान गरिएको छ । त्यस्तै, असोज ११ गते प्याब्सन नवलपरासीको आयोजनामा सम्पन्न जिल्लास्तरीय स्पेलिङ बी प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यार्थीहरू मान्भी न्यौपाने, मेरिसा ढकाल र एलेक्स पुनलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ । 

    images
    images
    images

    विजेता विद्यार्थीहरूलाई सम्मान गर्दै विद्यालयका प्रिन्सिपल धनराज चापागाईले अथक मेहनत र प्रयासका साथै सम्बन्धित टिमको निगरानी, मार्गदर्शन र सहकार्यले सफलता प्राप्त भएको बताए । 

    images
    images
    images

    विद्यार्थीको शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापलाई समेत विद्यालयले प्राथमिकता दिँदै आएको बताउँदै प्रिन्सिपल चापागाईले यसअघि पनि अन्तर्राष्ट्रिय, राष्ट्रिय, प्रदेश, जिल्ला तथा नगरस्तरीय विभिन्न अतिरिक्त क्रियाकलापका प्रतियोगितामा सफलता हासिल गर्दै आएको जानकारी दिए ।

    IMG-20261005-WA0007.jpg

    कार्यक्रममा प्रतियोगिताका विजयी विद्यार्थी, उनीहरू अध्ययनरत कक्षाका विद्यार्थी, विद्यालयको ई.सी.ए. टिम तथा शिक्षकहरूको उपस्थिति रहेको थियो । विजेता विद्यार्थीहरूको सम्मानले उनीहरूलाई आगामी दिनमा थप मेहनत र उत्कृष्ट प्रदर्शन गर्न प्रेरणा मिल्ने विद्यालयको विश्वास छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युनाइटेड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।