Logo

२०८३, आश्विन १८गते


images
images

कांग्रेस महाधिवेशन

काँग्रेसको पदाधिकारी संख्या बढ्ने

काँग्रेसको पदाधिकारी संख्या बढ्ने

images
  • काँग्रेसको पदाधिकारी संख्या बढ्ने
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले पदाधिकारी संख्या बढाउने भएको छ १५औं महाधिवेशनको बन्दसत्रबाट विधान संशोधन गरेर पदाधिकारीको संख्या थप गर्ने समझदारी बनेको हो ।

    images
    images
    images

    हाल काँग्रेसको पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ११ सहमहामन्त्री तथा एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने  व्यवस्था छ ।

    images
    images
    images

    अब पदाधिकारी संख्या १६ बाट २० पुग्ने भएको छ । जस अनुसार उपसभापतिमा २ जना र सहमहामन्त्री २ जना थप गर्ने सहमति बनेको छ । नेताहरुमा पदाधिकारीका आकांक्षीहरु बढेकाले उनीहरुको व्यवस्थापन गर्न पदाधिकारी बढाइएको बताइएको छ ।

    images
    images
    images

    अब एक वरिष्ठसहित चार उपसभापति हुने छन् जसमा एक महिला अनिवार्य गरिएको छ । त्यस्तै सहमहामन्त्रीमा ११ जना निर्वाचित भएर आउनेछन् भने २ जना सभापतिले केन्द्रीय सदस्यबाट मनोनित गर्ने व्यवस्था गर्न लागिएको छ । यसअघि विशेष महाधिवेशनबाट पारित विधानमा ८ जना सहमहामन्त्री निर्वाचित हुने र ३ जना सभापतिले मनोनित गर्ने व्यवस्था रहेको थियो । 

    महाधिवेशनमा नयाँ नेतृत्वको चयनका लागि सोमबार उम्मेदवारी दर्ता सुरु गर्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।  नयाँ नेतृत्वको निर्वाचनका लागि असोज २१ र २२ गतेको मिति तोकेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।